काठमाडौं । उपल्लो मुस्ताङमा बाढीले छायाँकन सेट बगाएपछि चलचित्र ‘एक्लो’को छायाँकन चार दिन रोकिएको थियो । पुन सेट निर्माण गरेर सुरु गरिएको एक्लोको सम्पूर्ण छायाँकन बुधबार सकिएको यसका निर्देशक प्रदीप शाहीले बताएका छन् ।
‘एक्लोको सम्पूर्ण छायाँकन सकिएको छ । साइन्स फिक्सनमा आधारित रहेर हामीले निर्माण गरेको यो चलचित्रको २८ दिनमा छायाँकन सक्ने लक्ष्य भए पनि सेट पुन निर्माण गरेर काम गर्दा ३५ दिनमा आज छायाँकन सम्पन्न भएको छ ।’ निर्देशक प्रदीप शाहीले बुधबार भने । उनका अनुसार यो चलचित्रको उपल्लो मुस्ताङ र काठमाडौँमा छायांकन गरिएको छ ।
यता ललितपुरको च्यासलमा बनाएको एक्लोको सेट यसै साताको बाडी बगाएको छ, ‘त्यो सेटमा आफुहरुले यसअघि नै छायाँकन गरिसकेकाले सेट बगाए पनि त्यस्तो तनाव नरहेको यसका कार्यकारी निर्माता विनोद सुवेदी क्षितिजले राजधानीलाई बताएका छन्,‘मुस्ताङमा पनि हाम्रो सेटलाई बाढीले बिगा¥यो भने च्यासलमा पनि बाढीले सेट भत्काएको छ । तर चेसलको सेटमा हामीले छायाँकन गरिसकेकोले त्यस्तो तनाव भएन ।’ सुुवेदीले भने ।
चलचित्र एक्लोमा प्रदीप खड्का, बेनिसा हमाल,विजय लामा, सुनील थापा, दिया पुन, दिनेश डीसी, सुरज सिंह ठकुरी,एवन राज उप्रेति ,कविता नेपाली, त्रुचु राई, कृष्णभक्त महर्जन, विकास अधिकरी, दिग्गज खत्री, विनोद सुवेदी क्षितिज, श्रीशेष श्रेष्ठ, जेभिन श्रेष्ठ, स्योन सविक सिंह लगायत बेलायती अभिनेता जेमी बेकनको अभिनय रहेको छ । यो चलचित्रको निर्माण साझेदारीमा हलिउड कलाकार जेमी बेकमको बेलायती कम्पनी पनि जोडिएको छ ।
शाइ प्रोडक्सन नेपालको ब्यानरमा निर्माण भएको चलचित्रमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको छ । बाबु श्रेष्ठले छायाँकन गरेको चलचित्रमा राजु तामाङको द्वन्द्व निर्देशन, राजु पेन्टरको सेट डिजाइनर, सन्तोष लामाको कला निर्देशनमा तथा प्रोडक्सन डिजाइनरमा प्रेम खड्का र सुवराज कार्की रहेका छन् ।
चलचित्र एक्लोका निर्माता राजु कुमार गुरुङ,हरि श्रेष्ठ, विष्णु तामाङ, उत्सव विष्ट, संगिता वादी श्रेष्ठ, भाइराजा थापा, नवीन सिवा, बागवीर पुन हुन् भने कार्यकारी निर्माता विनोद सुवेदी क्षितिज रहेका छन् ।