मन्त्री नै बस रिजर्भ गर्दै मजदुर घर पठाउँदै

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिञ्चाइमन्त्री वर्षमान पुनले लकडाउनले भक्तपुर र ललितपुरमा अलपत्र परेका ४ सय मजदुरलाई उद्दार गरी घर पठाएका छन् ।

काभ्रेका विभिन्न स्थानबाट हिंडेर आएका ठूलो संख्याका मजदुरलाई सुरक्षाकर्मीले भक्तपुरको शंखरापुर नगरपालिकामा रोकिएको खबर पाएसँगै मन्त्री पुन आफैं त्यहाँ पुगेका थिए । काभ्रेका विभिन्न स्थानबाट पैदल हिंडेर राजधानी बाहिर जान आएका ३ सय मजदुरलाई सुरक्षाकर्मीले रोकेका थिए ।

लकडाउनले अलपत्र परेकाहरुलाई ९ वटा बसमा राखेर सम्बन्धित जिल्ला पठाइएको हो । त्यसरी पठाइएकामा रोल्पा, दाङ र सल्यानका मजदुर छन् । काभ्रेबाट आएकालाई ६ वटा बसमा, भक्तपुरका विभिन्न इँटाभट्टामा कार्यरत मजदुरलाई दुईवटा र ललितपुरमा रहेकालाई एउटा बसमा राखेर घर पठाइएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 158 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

एनपिएलः काठमाडौँ गुर्खाज छ विकेटले विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी