११ करोडमा गण्डकी विश्वविद्यालयको भवन बन्दै

पोखरा । गण्डकी प्रदेश सरकार मातहत संचालित गण्डकी विश्वविद्यालयको मुख्य प्रशासनिक भवन शिलान्यास भएको छ । पोखरा महानगरपालिका वडा ३२ मा ११ करोड रुपैयाँ लागतमा निर्माण हुने भवनको गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले एक समारोहबीच शिलान्यास गरेका हुन् ।

उनले प्रदेशको पूर्ण लगानीमा सञ्चालित गण्डकी विश्वविद्यालय स्थापनासँगै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्न अग्रसर रहेको बताए । उनले यसलाई आधुनिक, व्यावहारिक र नयाँ प्रविधियुक्त थलोको रुपमा विकास गरी सबै सेवा एउटै ठाउँबाट दिँदै अगाडि बढ्न सुझाव दिए । मुख्यमन्त्री पाण्डेले प्रदेशको आवश्यकता र चाहना धेरै भएकाले सीमित स्रोत र साधनको सदुपयोग गरी जीवनोपयोगी र आत्मनिर्भर हुन आग्रह गरे ।

पूर्व मुख्यमन्त्री खगराज अधिकारीले असल कार्यमा एकताबद्ध हुन सबैलाई आग्रह गरे । उनले उच्च शिक्षामा नयाँ ढंगबाट प्रारम्भिक चरणमा भवन प्राप्तिसँगै अबका दिनमा केही नीति परिमार्जन गरी प्रविधिमैत्री विश्वविद्यालयको रुपमा विकास गरी शैक्षिक अनुशासन कायम राख्न सुझाव दिए ।

गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले गण्डकी विश्वविद्यालयलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउने गरी काम गर्न आग्रह गरे ।

विश्वविद्यालय कुलपति प्राडा गणेशमान गुरुङले स्रोत जुटाउँदै विश्वविद्यालयलाई अगाडि बढाउन आफू सदैव प्रयत्नशील रहेको बताए । उनले विश्वविद्यालयले समयानुकूल पाठ्यक्रम परिमार्जन गर्दै अगाडि बढेको र यहाँ मास्टर अफ इन्फरमेसन टेक्नोलोजी (एआइ) को पढाइ भएको नेपालमै पहिलो हो भने ।

विश्वविद्यालयले स्नातक तहका आइटी, फार्मेसी, बीबीए, स्पोर्ट्स म्यानेजमेन्ट र आटर््स, कानुन र मास्टर अफ इनफरमेसन टेक्नोलोजी (एआइ) संकाय गरी ६ कार्यक्रम सञ्चालन गर्दै आएको छ । हाल विश्वविद्यालयमा ५५ जिल्लाका ५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।

विश्वविद्यालयको आफ्नै आविष्कार केन्द्र रहेको उपकुलपति प्राडा नवराज देवकोटाले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोष्टर राख्ने उम्मेदवारलाई निर्वाचन आयोगले कार्वाही गर्ने