मुम्बई । बलिउड अभिनेता गोविंदा घरमै आराम गर्ने भन्दै अस्पतालबाट शुक्रबार डिस्चार्ज भएका छन् । आफ्नै रिभल्वर पड्केर उनको घुँडा मुनी गोली गत शनिबार गोली लागेको थियो ।
ह्विलचेयरमा बसेर अस्पतालबाट उनी घर फर्किएका छन् । अस्पतालबाट बाहिर निक्लँदै गर्दा गोविंदाले सञ्चारकर्मीहरुसँग कुरा गर्दै सबैको शुभेच्छा र आर्शिबादले आफु चाँडै निकै हुँदै गएको बताएका छन्,म देश विदेशका सबै शुभचिन्तकहरुलाई यो माया प्रार्थना र सपोर्ट गर्नको हृदयदेखि नै धन्यवाद ज्ञापन गर्दछु । जय माता दी !’
सञ्चारकर्मीसँग बोल्दै गोविंदाले आफु कोलकात्तामा एक कार्यक्रममा जान लाग्दा घरमै यो दुःखद दुर्घटना भएको बताएका छन् । गोली पड्कोको आफुलाई थाहा नभएको पनि उनले बताए,‘बिहानै झिक्दा दराजबाट भुईँमा रिभल्वर झ¥यो र पड्कियो । एक्कासी घुँडा मुनी दुख्या र ह्वालह्वाली रगत बगेपछि मैले गोली लागेको महसुस गरेँ ।’
अब आफु केही दिन घरमै बसेर स्वास्थ्य आराम गर्ने र त्यसपछि अस्पतालमा फलोअपको लागि आउने पनि गोविन्दाले बताएका छन् । समयमै सल्यक्रिया भएकाले गोलीको असर शरीरको अन्य भागमा फैलन नपाएको भन्दै उनले चिकित्सकहरुलाई धन्यबाद पनि दिएका छन् ।