राजनीतिक दल र नेताप्रति सर्वसाधारण आक्रोशित

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण, रोकथाममा जुटेका राजनीतिक दल र नेताप्रति सर्वसाधारणको आक्रोश बढ्दै गएको छ ।

घर जान नपाएको, राहत वितरणमा अनियमितता तथा भ्रष्टाचार भएको भन्दै सर्वसाधारण आक्रोशित भएका हुन् ।
लकडाउनमा सबैभन्दा बढी दैनिक ज्यालादारीका मजदुर, विद्यार्थी, गरीब, असहाय, विपन्नलगायत सबैभन्दा बढी बनेका छन् ।

रौतहट माधवनारायण नगरपालिका–६ माधवपुर घर भई काठमाडौंमा बस्दै आएका विद्यार्थी नागेन्द्र यादव लकडाउनका कारण घर जान नपाएको बताउ“छन् । पर्याप्त समय नदिएर सरकारले लकडाउन घोषणा गरेपछि घर जान नपाएर काठमाडौंमै बस्नुपर्ने बाध्यता रहेको उनले सुनाए ।

‘सरकारले गत १० चैतमा निर्णय गरेर ११ चैतबाटै लकडाउन लागू ग¥यो, अनि कसरी घर जाने ?’ यादव भन्छन्, ‘तर, त्यही सरकारले राहत बा“ड्नेलगायत निर्णय गर्दा कार्यान्वयन गर्दैन, यहाँ बस्न गाह्रो भइसक्यो ।’

वर्षौंदेखि काठमाडौंमा तरकारी बेच्दै आएका बारा प्रसौनी गाउँपालिकाका–६ बेलहियाका लक्ष्मी साहको समस्या पनि उस्तै छ । लकडाउनमा निस्किन नपाएको गुनासो गर्दै उनले जीवन धान्न गाह्रो भएको बताए । व्यापार पनि नहुने, चुल्लो बाल्नै नसकिने अवस्थामा पुगिसकेको बताउने उनी राजनीतिक दल र नेताप्रति आक्रोशित देखिए ।

‘सरकारले लकडाउन गरेपछि घर जाने व्यवस्था गर्नुपथ्र्यो तर त्यो पनि गरेन,’ साहले भने, ‘दैनिक पेट कसरी पाल्ने ? त्यो चिन्ता हुन थालिसक्यो । नेताहरू घोषणामात्रै गर्छन्, राहतको नाममा एकसुको केही पनि पाएका छैनौं ।’

काठमाडौंबाट घर जान नपाउनेले राजनीतिक दलका नेताप्रति आक्रोश व्यक्त गर्दैगर्दा उता विभिन्न स्थानीयतहमा राहत वितरणको नाममा भइरहेको अनियमितता, भ्रष्टाचार तथा मनपरी शैलीविरुद्धसमेत सर्वसधारण आक्रोश पोखिरहेका छन् ।

बारा कलैया उपमहानगरपालिकामा सडेको दाल राहत वितरणक्रममा बा“डेको भन्दै सर्वसाधारण आक्रोशित छन् । लकडाउनका कारण गरीब, मजदुर, किसान तथा अति विपन्न परिवारलाई खाद्यान्न समस्या छ ।

कलैया उपमहानगरले वितरण गरेको खाद्यान्न गुणस्तरहीन रहेको पुष्टिसमेत भइसकेको छ । गत २ वैशाखमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले त्यसको नमुना परीक्षण गर्दै कलैया उपमहानगरद्वारा वितरित दाल गुणस्तरहीन भएको पुष्टि गरेको हो ।

कलैया उपमहानगर प्रमुख राजेश राय यादवमाथि आफ्नै यादव कोल्डस्टोरमा रहेको सडेको दाल नगरपालिकाभर वितरण गरेको आरोप छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिममा एकीकृत समाजवादीलाई मुख्यमन्त्री !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको स्थगित मतगणना ७ घन्टापछि सुरू