काठमाडौं । नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको पुस्तक ‘प्रवासका फुलहरु’को आइतबार बेलुका बेल्जियममा बिमोचन गरिएको छ । अन्तरराष्ट्रिय साहित्य समाज (अनेसास) बेल्जियम च्याप्टरद्धारा आयोजित कार्यक्रममा बेनेलक्सका लागि नेपाली राजदुत गेहेन्द्र राजभन्डारी, एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटालगायतले बिमोचन गरे ।
कार्यक्रममा राजदुत राजभण्डारीले बिदेशमा बस्ने नेपालीहरुका कथाव्याथाका साथै उनीहरुले मुलुक निर्माणमा पु¥याएको योगदानको चर्चा यो पुस्तकमा गरिएको बताए,‘ यो पुस्तक युरोपका नेपालीहरुको एउटा ऐतिहाँसिक दस्ताबेज बन्न सफल भएको छ । प्रवास बसाइका अनुभब,संघर्ष र सफलताका साथै नेपाली भाषा कला साहित्य, सस्कृती र नेपाली मौलिक पहिचानलाई उनिहरुले कसरी विश्व सामु फैलाई रहेकाछन भन्ने कुरा पुस्तकमा पढ्न पाउँदा खुसी लाग्यो ।’
एनआरएनए बेल्जियमका अध्यक्ष सीता सापकोटाले बिदेशमा बसोबास गरिरहेका नेपालीहरुले धेरै चुनौतिका बिचमा पनि नेपाली पहिचानलाई निरन्तरता दिने गरेको बताईन् । पत्रकार गौतमको यो पुस्तकले विदेशमा रहेका नेपालीहरुलाई अझ उर्जा मिल्ने विश्वास उनले व्यक्त गरिन् ।
कृतिको समिक्षा गर्दै नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सुन्दर भविश्यको कल्पना गरेर देश छोडेका युरोपका नेपालीहरुका सत्य कथाहरु पुस्तकमा समेटिएको छ भने । २८८ पृष्ठको यो पुस्तकले युरोपको नेपालीलाई जोड्ने काम गरेको भनाई अनेसास बेल्जियम अध्यक्ष सौरभ कारन्जितले कार्यक्रममा व्यक्त गरे । लेखक मणिराज गौतमले पुस्तक लेखनका अनुभव सो कार्यक्रममा सुनाए ।