सबै प्रदेशमा खटाइए डीआईजी, कहाँ को ?

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा भएका सबै डीआईजीलाई जिम्मेवारी दिंदै पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदमा बढुवा भएका प्रहरी अधिकारीहरुलाई आईजीपी ठाकुर ज्ञवालीले सोमबार दज्र्यानी चिन्ह प्रदान गरेपछि मन्त्रालयले सबै डीआईजीलाई जिम्मेवारी दिएको हो ।
एसएसपीबाट डीआईजीमा बढुवा भएका १० जना प्रहरी अधिकारीलाई दिइएको जिम्मेवारी अनुसार ७ जना डीआईजीलाई प्रदेश प्रहरीको नेतृत्व दिइएको छ ।
जसअनुसार प्रदेश १ मा ईश्वरबाबु कार्की पठाइएका छन् । प्रदेश २ मा धिरजप्रताप सिंह, बाग्मती प्रदेश प्रमुखमा वसन्त लामा, गण्डकी प्रदेशमा घनश्याम अर्याल, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा वसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई खटाइएको छ ।
यसैगरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा सहकुलबहादुर थापालाई पठाइएको छ । थापाले यसअघि अपराध अनुसन्धान महाशाखाको नेतृत्व गरिसकेका छन् । सीआईबीका डीआईजी निरज शाहीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पठाइएको छ ।
यस्तै हाल प्रदेश २ मा रहेका डीआईजी प्रद्युम्न कार्कीलाई विशेष ब्युरो ल्याइएको छ । यसअघि ब्युरोको नेतृत्व गरेका डीआईजी हरिबहादुर पाल एआईजीमा बढुवा भइसकेका छन् ।
यसैगरी डीआईजी अरुणकुमार बीसीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ भने प्रकाशजंग कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, महाराजगञ्जमा पठाइएको छ । गत २८ चैतमा १० जना एसएसपीहरु डीआईजीमा बढुवा भएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 155 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ महिनामा ५ लाख ३९ हजार श्रमिकका रूपमा बाहिरिए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल