कोशीमा लागुऔषध कारोबार गर्ने १० जना प्रहरीको फन्दामा

विराटनगर । झापा, सुनसरी, भोजपुर र धनकुटाबाट लागुऔषध ब्राउन सुगर सहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिईएको छ ।

सुनसरीको कोशी गाउँपालिका-१ स्थितमा इलाका प्रहरी कार्यालय लौकही र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले ५ ग्राम ९२० मिलिग्राम ब्राउन सुगर सहित बेचबिखनमा संलग्न सप्तरी राजवीराजका १९ बर्षीय रोहित कुमार मण्डल, ईटहरीका ३६ बर्षीय अग्रदिप चौधरी र ३० बर्षीय नरेश चौधरीलाई पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यसैगरी, प्रहरी चौकी हिले धनकुटाले धनकुटा नगरपालिका-१ बाट पैदल यात्री स्थानीय २५ बर्षीय फुर्वा तामाङ, २७ बर्षीय छितेन तामाङ, २७ बर्षीय सोनाम तामाङ र महालक्ष्मी नगरपालिका-९ का २८ बर्षीय मनोज भण्डारीलाई १८ ग्राम ५०० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो।

भोजपुरको अरुण गाउँपालिका-६ जरायोटार स्थितमा बा. ३ ख २५४९ नम्बरको बसलाई प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका-९ का २५ बर्षीय अमुल राईलाई ३ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यस्तै, लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा झापाको प्रहरी टोलीले दमक नगरपालिका-५ का ३५ बर्षीय रुपेन्द्र भण्डारी र ३४ बर्षीय नारायण बहादुर बस्नेतलाई २ ग्राम ब्राउन सुगर सहित मेचीनगर नगरपालिका-६ बाट पक्राउ गरेको जनाएको छ। पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

पछिल्लो समय कोशी प्रदेशमा लागुऔषध प्रयोग गर्ने बढेसंगै प्रहरीले पनि सक्रियता बढाएको छ। प्रहरीले हरेक दिन ८-१० जना लागुऔषध कारोबार गर्नेलाई पक्राउ गरिरहेको छ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

काँग्रेसले गण्डकी प्रदेश सभाको रिक्त पदमा सुनिता थापालाई पठाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थापितको घरदैलोमा मतदाताको शुभेच्छा