छक्का पञ्जाको आम्दानी बाढी पीडितलाई सहयोग

काठमाडौं । गत असोजमा आएको बाढी पहिरोले सखाप पारेको सिन्धुली र काभ्रेको बाढी पीडितलाई चलचित्र छक्का पञ्जा ५ समुहले सहयोग गर्ने भएको छ । यो टिमले काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो सहयोग’bout घोषणा गरेको हो ।

यो चलचित्रका निर्माता एवम् अभिनेता दिपकराज गिरीले आफुहरु तिहारपछि त्यो क्षेत्रमा पुन निर्माणको लागि जाने बताएका छन् । यतिबेला चलचित्रको प्रदर्शनीमा व्यस्त भएकाले आफुहरु सो क्षेत्रमा जान पाएको उनले बताएका छन् । यस अघि पनि काभ्रेमा आफुहरुले चलचित्र छायाँकन गरेको गाउँमा एम्बुलेन्स प्रदान गरेको पनि उनले जानकारी गराए ।

‘हामीले चलचित्र छक्का पञ्जा ५ को छायाँकन काभ्रेको मँगलटार सिन्धुलीका दुम्जा लगायतको क्षेत्रमा गरेका थियौं । हामीले छायाँकन गरेका धेरै गाउँ र खेतका फाँटहरु अहिले बगरमा परिणत भएको देख्दा मन दुखेको छ ।’ त्यसैले आफुहरु तिहारपछि सो क्षेत्रमा पुन निर्माण र आर्थिक सहयोगको लागि जाने उनले बताए ।

चलचित्र छक्का पञ्जाले त्यहाँ कम्तीमा एउटा गाउँमा केही टहराहरु बनाएर बसोबासको लागि सहयोग गर्ने यसका निर्देशक दीपाश्री निरौलाले बताईन्,‘उहाँहरुले हामीसँग अहिले बासको माग गर्नु भएकोले हामी केही हप्ता त्यही बसेर पुन निर्माणमा जुट्नुका साथै आर्थिक सहयोग पनि गर्ने छौं ।’

कलाकार केदार घिमिरेले आफुहरुले छायाँकन मात्र नगरेर गाउँलेहरुलाई पर्दा पीडामा मलम पनि लगाउने बताए । केही घर निर्माणसँगै उनीहरुलाई तत्काल खानको लागि आर्थिक सहयोग गर्ने पनि केदारले कार्यक्रममा जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 195 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
केशव स्थापितलाई निर्वाचन आयोगले फेरि सोध्यो २४ घण्टे स्पष्टीकरण