सर्लाही । हरिवन नगरपालिका स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरे बापत मधेस प्रदेशमै दोश्रो पटक सम्मानित भएको छ । गत साल पनि स्वस्थ्य क्षेत्रमा राम्रो काम गरेको भन्दै हरिवन नगरपालिका सम्मानित भएको थियो ।
स्वास्थ्य निर्देशनालय मधेश प्रदेश जनकपुरधामद्वारा आयोजित आर्थिक बर्ष ८०/८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय बार्षिक समीक्षा गोष्ठी अन्तर्गत संचालन भएका र निर्धारित सूचकहरूकाे मूल्यांकनका आधारमा हरिवन नगरपालिका मधेश प्रदेशमैं दोस्रो पटक उत्कृष्ट भएको हरिवन नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम बाबू चौधरीले जानकारी दिए ।
हरिवन नगरपालिका मधेश प्रदेस अन्तर्गत १३६ पालिकाहरूलाई उछिनेर प्रथम स्थान हासिल गर्न सफल भएकोमा आफुलाइ खुसी लागेको भन्दै हरिवन नगरपालिका मेयर रमेश बुढाथोकीले प्रशन्नता व्यक्त गरे ।
यसैबिच हरिवन नगरपालिकाका सम्पूर्ण स्वास्थ्यकर्मीहरू, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरू, जनप्रतिनिधिहरू, स्वास्थ्य शाखाका कर्मचारीहरूलाई बुढाथोकीले धन्यवाद दिएका छ्न ।
हरिवन नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गरेको उल्लेख्य कामको सर्बत्र प्रशंसा भैरहेको छ । नगरपालिका भित्रका स्वास्थ्य संस्थामा राज्यबाट पाउने सपुर्ण स्वास्थ्य सुबिधा लगायत औषधीहरु पर्याप्त मात्रामा उपलब्ध हुने भएकोले “जन स्वास्थ्य हाम्रो अभियान” सफल हुँदै गएकोमा खुसी लागेको छ प्रमुख चौधरीले भने ।