किशोरकुमारको बायोपिकमा रणबीर हटाएर आमिर

मुम्बई । बलिउड दिवँगत लोकप्रिय गायक तथा अभिनेता किशोर कुमारको बायोपिक चलचित्र निर्माणको घोषणा गरेको निर्माता निर्देशक अनुराग कश्याप अहिले यो चलचित्रको कलाकार फेरबदलमै व्यस्त छन् ।

यस अघि यो चलचित्रमा किशोर कुमारको भूमिकामा निर्देशक कश्यापले अभिनय रणबीर कपुरलाई राखिने बताएका थिए । सञ्जय दत्तको बायोपिक चलचित्र सञ्जुमा रणबीरले निर्वाह गरेको भूमिकाबाट कश्यप प्रभावित थिए । तर अब यो चलचित्रमा रणबीर नहुने उनले बताएका छन् ।

अब यो चलचित्रमा उनले अभिनेता आमिर खानलाई किशोर कुमारको भूमिकामा राख्ने तयारी भईरहेको बताएका छन् । हुन त उनले किशोर कुमारको बायोपिक निर्माणको तयारीसँगै यसमा अभिनेता आयुष्मान खुरानालाई राख्ने योजना बनाएका थिए । तर एकपछि अर्को गर्दै आयुष्मानका फिल्महरु पछिल्लो समय बक्स अफिसमा असफल सावित भएपछि उनले आयुष्मानलाई राख्ने योजनामा परिवर्तन ल्याएका थिए ।

कलाकार किशोर कुमारको भूमिकाको लागि निर्देशक अनुराग कश्यपले अभिनेता आमिर खानलाई प्रस्ताव राखेका थिन् । उनले यो चलचित्रको स्कृप्ट पनि आमिरलाई दिएका छन् । तर आमिरले किशोर कुमारको भूमिका निर्वाह गर्नको लागि कश्यपसँग सहमति जनाएका छैनन् ।

यतिबेला अभिनेता आमिर खान आफ्नो नयाँ चलचित्र सितारे जमिनपरको निर्माण तयारीमा छन् । उनको बहुचर्चित चलचित्र तारे जमिनपरको स्किेलको रुपमा सितारे जमिनपर निर्माण गर्न लागिएको हो । यो चलचित्रको काम नसकेसम्म उनले अरु चलचित्रमा काम नगर्ने बताएका छन् । तर आमिरलाई किशोर कुमारको भूमिका पनि मन परेको छ ।

किशोर कुमारको बायोपिकको लागि अहिले अनुराग र भूषण कुमारले तिब्रगतिमा काम गरिरहेका छन् । उनीहरुले किशोर कुमारको बायोपिकलाई पूर्ण बायोपिक भन्दा पनि फिल्मी शैलीमा निर्माण गर्न चाहेका छन् । किशोर कुमारको फ्यान आमिर भएका कारण उनलाई यसको प्रस्ताव अुनरागले राखेका हुन् । आमिरले यो फिल्ममा चासो देखाएका कारण आफुले उनीसँग काम गर्न चाहेको कश्यपले बताएका छन् ।

त्यसो त अहिले आमिरसँग ६ वटा चलचित्रको स्कृप्ट छ । उज्ज्वल निकमको बायोपिक चलचित्र, निर्देशक राजकुमार सन्तोषीकोको कमेडी चलचित्र, गजनी २ र लोकेश कनगराजको नयाँ चलचित्र र जोया अख्तरको नयाँ चलचित्रको स्कृप्ट आमिरले पढीरहेका छन् । यी ६ वटा मध्य उनले कुन पहिला गर्ने भनेर बताएका छैनन् । अनुरागसँग उनले किशोर कुमारको लागि पाँच पटक भेटेर छलफल गरिसकेका छन् । सोही कारण पनि अनुराग यो चलचित्रमा आमिर नै हुनेमा विश्वस्त छन् ।

तपाइको प्रतिक्रिया
(Visited 12 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राष्ट्रिय मुद्धामा एक ढिक्का भएर प्रस्तुत हुने सत्ता पक्षका दलको निष्कर्ष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पाल्पाको बगनासकाली गाउँपालिकामा प्रमुख पदमा चार जना महिला प्रतिस्पर्धामा