रास्वपाको काठमाडौँ केन्द्रित प्रदर्शन शुरु

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को काठमाडौँ केन्द्रित प्रदर्शन शुरु भएको छ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद विहिबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौँ केन्द्रित प्रदर्शन शुरु गरेको हो । 

रास्वपाले आज अपराहन्न १ बजेदेखि काठमाडौँको माइतीघरमा प्रदर्शन शुरु गरेको छ । प्रदर्शनका क्रममा रास्वपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने बताइएको छ ।

गत शुक्रबार काठमाडौंबाट पक्राउ परेका रवि हाल कास्की प्रहरीको हिरासतमा छन् । पहिले ६ दिन हिरासतमा राख्न अनुमति दिएको जिल्ला अदालत कास्कीले आजमात्रै थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

सडक प्रदर्शन गरेर लामिछानेलाई छुटाउने प्रयास गरेको रास्वपाले पोखरामा स्थानीय जनताको साथ पाउन सकेको थिएन । स्थानीयको सहभागिता नभएपछि रास्वपाका नेताहरुले घरदैलो समेत गरेर भिड जम्मा गर्ने प्रयास गरेका थिए । तर त्यो पनि असफल भएपछि अब उनीहरुले काठमाडौँमा प्रदर्शन गर्ने भएका हुन् ।

रास्वपाले लामिछानेलाई राजनीतिक प्रतिशोधमा पक्राउ गरेको आरोप लगाउदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 55 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विहिबारको मन्त्रिपरिषद्को बैठकले के के निर्णय गर्यो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता