कामै नलाग्ने यो सरकार र व्यवस्था फालिन्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले अब जनताले सडकबाटै यो सरकार र व्यवस्था फाल्ने बताएका छन् । तेस्रो जनआन्दोलनको उदघोष गरेका उनले जनता र मुलुक विरोधी तानाशाही सरकार र यो व्यवस्थाको विरोधमा उत्रिन आह्वान समेत गरे ।

आजपाको ललितपुर जिल्ला कमिटीद्धारा आज ललितपुरको बालकुमारी स्थित रोज पार्टी प्यालेसमा आयोजित जिल्ला भेला एवं दिपावली तथा छठ पर्वको शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले कुनै काम नलाग्ने यो सरकार र व्यवस्था फाल्नमा ढिलाई गरे मुलुकले ठुलो मुल्य चुकाउनुपर्ने बताए ।

वर्तमान सरकार असफल भईसकेकोले अब सड़कबाट सरकार बनाउनुको विकल्प नभएको समेत उनले बताए । सत्तारुढ सातदलीय गठबन्धनले हिजो सडकबाट अराजकता मचाउने र व्यवस्था तथा सरकारको विरोध गर्दै बिकल्प खोज्ने काम अस्वीकार्य रहेको बताउदै गर्दा त्यसको काउण्टरमा आजपा अध्यक्ष साहले जनताले अब सडकबाटै यो व्यवस्था र सरकार फाल्ने उदघोष गर्दै सडकबाटै सरकार गठन गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई भ्रष्ट र लुटेराहरुको सरकारको संज्ञा दिदै आजपा अध्यक्ष साहले भने, ‘यो सरकारले भ्रष्ट, लुटेरा, अपराधीलाई संरक्षण दिईरहेको छ । विरोध गर्ने विपक्षीलाई तर्साउने, पक्राउ गर्ने तर जघन्य अपराधका अपराधीलाई जोगाउने काम गरेको छ । त्यसैले यो व्यवस्था र सरकार हुँदासम्म मुलुक समृद्ध हुन सक्दैन् । स्थायित्व, समृद्धि र जनताको आवश्यक्ता एवं चाहना पुरा गर्नका लागि यो व्यवस्था र सरकार सडकबाटै जनताले फाल्न ढिलाई गर्नु भएन् ।’

विपक्षीलाई दबाउने, भ्रष्टाचारीलाई जोगाउने र जनतालाई ऋण बोकाउने काम वर्तमान सरकारले गरेको बताउँदै उनले यसको बिकल्प अब सडकबाटै जनताले खोजिरहेको बताए । ‘यो सरकार भ्रष्टाचारी र विचौलियालाई जोगाउने काममा लागेको देखियो । विकास होईन उल्टै जनतालाई ऋण बोकाउने काममा लागेको देखियो । बाढि, पहिरोलगायतका प्राकृतिक विपत्तिमा सरकार राहत नभनेर पीडित जनताको लागि नै बोझ बनेको देखियो । त्यसैले निरास जनताले यसको बिकल्प खोजिरहेका छन्’ आजपा अध्यक्ष साहले भने ।

सत्ताको दुरूपयोग गरी व्यापारीबाट अनुचित लाभ लिने गरेको ओली सरकारले भ्रष्ट कर्मचारीलाई प्रोत्साहन र इमान्दारलाई दण्डित गरिरहेको उनले बताए । जनताको आवश्यक्ता र चाहना अनुसार सेवा प्रवाह गरेर जनतामा आशा जगाउने काम गर्नुको साटो सरकारले जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लुटने काममै केन्द्रित भएको उनको आरोप छ ।

अहिले दशैं बितेको छ । दिपावली तथा छठ पर्वको तयारीमा आम नेपाली रहेको बताउँदै यस्तो चाडपर्वको बेलामा समेत सरकारकै संरक्षणमा कालोबजारी र महंगी अकाशिएको साहले बताए । नुन, तेल, तरकारी सहित हरेक बस्तुको भाउ बढेको, कालोबजारी भईरहेको भए पनि सरकार मुकदर्शक जस्तै तमासा देखिरहेको उनले बताए ।

‘यो सरकार लुटधन्दामा लागेको छ । लुटेरा र भ्रष्टलाई जोगाउने, संरक्षण दिइरहेको सरकारले बिभिन्न बाहाना र नाममा कर माथि कर लिने गरेको छ । जनतालाई ऋणको भारी बोकाउने र राज्यको ढुकुटी लेटेर विदेशमा थुपार्नेहरु शासक भएका छन् । तर नेपाल बनाउन चाहने आम जनता शासित छन् । के यसको बिकल्प दिनुपर्दैन ?’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

उनले अगाडी थपे, ‘हामीभन्दा ठुलो देश भारत र चीनमा हरेक समानहरु सस्तो छ तर नेपालमा किन महंगो छ ? भारतमा एक लाखमा पाउने मोटरसाईकल नेपालमा किन ४ लाख ? लताकपडा, खाद्यन्न लगायतका सबै बस्तु भारत र चीनमा सस्तो हुने । तर हामी जस्तो सानो र थोरै जनसंख्या भएको देशमा सबै बस्तु महंगो हुने । उनीहरुभन्दा त सस्तो हाम्रोमा हुुनुपर्ने हाईन र, तर यहाँ सरकार त लुटेरा छ । करमाथि कर लिन्छ, सेवा शुन्य छ । तर पनि हामी कहिलेसम्म चुप लागेर बस्ने ?’

आजपाका जिल्ला संयोजक इन्दल साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापा, उपाध्यक्ष बिल्टू यादव, महासचिव त्रिभुवन साह लगायतको बिशेष सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 16 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यो सरकार हामीले ढाल्नै पर्दैन, जनताले सडकमा घिसार्छन्ः प्रचण्ड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटको १८ पालिका प्रमुखको लागि ४ सय १५ जनाको उमेदवारी