जंगलमा हराएका आन्तरिक पर्यटकको उद्धार

भोजपुर । भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका–१ स्थित हाँस पोखरीबाट हराएका चार जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरीले कार्तिक ९ गते उद्धार गरेको छ ।

उद्धार गरिएकाहरु सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१२ का ब्यक्तिहरु रहेका छन् ।

उनीहरु सोही ठाउँको मुन्दुम पदमार्गको हाँस पोखरीबाट सुन्तलेतर्फ जाने क्रममा बाटो पत्ता लगाउन नसकि जंगलमा हराएका थिए ।

सो ’bout जानकारी प्राप्त भएपछि सशस्त्र प्रहरी बल नेपाल नं. ५ टक्सार गुल्म भोजपुर र सुरक्षा वेश नागी  भोजपुरको सुरक्षा फौजले सोही ठाउँको मझुवा जंगलभित्र रहेको गोठमा फेला पारेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 170 times, 1 visits today)

epaper

ताजा समाचार

पेट्रोलियम अन्वेषण : चीनमा अन्तिम रिपोर्ट तयार हुँदै, मागियो नेपाल सरकारसँग सुझाव