गोदाबरी पुष्प प्रदर्शनी तयारी

पोखरा । तिहार अवसरमा पोखरामा सधैँका वर्ष झैं यसपालि पनि पुष्प मेला तयारी गरिएको छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) जिल्ला समिति कास्कीले यही १२–१६ कात्तिकसम्म आठौं गोदाबरी पुष्प प्रदर्शनी तथा पाँचौं गण्डकी प्रादेशिक पुष्प मेला–२०८१ आयोजना गर्न लागेको हो ।

शनिबार पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष एवं मेला संयोजक रामप्रसाद सुवेदीले नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा हुने मेलामा २३ वटा प्रदर्शनी कक्ष राखिने जानकारी दिए । तीमध्ये व्यावसायिक २०, कृषि सामग्रीका २ र सूचनामूलक १ स्टल रहने छन् ।

यो मेला पुष्प व्यवसाय सञ्चालन गर्न चाहने, घरआँगन तथा बगैँचा सजाउन चाहने फूल बिरुवाप्रति अभिरुचि राख्ने सबैका निम्ति उपयोगी हुने आयोजकको विश्वास छ । पुष्प व्यवसायीको क्षेत्रमा भए गरेका गतिविधिसहितका जानकारी पनि मेला स्थलमा दिइने जनाइएको छ ।

२०६२ सालमा कास्कीमा विधिवत् स्थापना भई पुष्प व्यावसायिक विकास विस्तार तथा प्रवद्र्धनमा फान कास्की क्रियाशील छ ।

मेलामा नेपालमा विगत वर्षदेखि नै व्यावसायिक उत्पादन हँुदै आएका विविध जातका गोदावारी फूल बिरुवाको साथै यस वर्ष भित्रिएका गोदावरी फूलका नयाँ प्रजातिका फूलबिरुवासमेत प्रदर्शनी तथा बिक्री वितरण हुने छन् । यस सिजनमा फुल्ने सयपत्री, मखमली तथा अन्य सिजनका फूलबिरुवासमेत प्रदर्शनी गरिने मेला संयोजक सुवेदीले बताए ।

गोदावारी फूल प्रदर्शनीको करिब २० हजार जना दर्शकले प्रत्यक्ष अवलोकन गर्ने आयोजक समितिको अपेक्षा छ । फ्लोरिकल्चर एशोसिएसन नेपाल (फान) कास्कीमा हाल ३९ जना कृषक आबद्ध छन् । ‘सुन्दर नगरी पोखराको पहिचान, व्यावसायिक प्रवद्र्धनमा गोदावारीको सान’ भन्ने मूलनारा तय गरिएको छ ।

सिजनल मनकामना नर्सरीका संचालक दिलबहादुर गुरुङका अनुसार पोखरामा यस वर्ष मौषम (पानी बढी पर्दा) विगतमा जस्तो फूल नफुलेको बताए । यद्यपि, पोखराको माग भने पूरा गर्न सकिने उनी बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 25 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालको गृहपालिकामा कांग्रेसकी रिता शाही विजयी