कस्मेटिक सर्जरीले मुख बाँगो भएपछि आलियाको टिप्पणी

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्टको पछिल्लो चलचित्र जिगरा व्यावसायिक रुपमा असफल भयो । तर यी अभिनेत्री यतिबेला आफ्नो मुहारको कस्मेटिक सर्जरीका कारण विवादमा छिन् ।

कस्मेटिक सर्जरीपछि हालिया हाँस्दा उनको मुख बाँगो देखिने गरेको छ । हालैमात्र मुहारको कस्मेटिक सर्जरी गरेकी यी अभिनेत्री सर्जरीकै कारण यतिबेला आलोचित भएकी छिन् । उनले मुखको समस्याको उपचार स्वरुप थेरापी पनि सुरु गरिसकेकी छिन् ।

कस्मेटिक सर्जरी गरेपछिको अबस्थाको उनको मुहार तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । आलियाको सो तस्बिर यतिबेला भाईरल भएको छ । आफ्नो तस्बिरमा विभिन्न टिप्पणी आएपछि यी अभिनेत्रीले सामाजिक सञ्जालमा आक्रोस पोखेकी छिन् । उनले आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै आफ्नो ’boutमा टिप्पणी नगर्न सुझाब पनि दिएकी छिन् ।

केही समय अघि आमा बनेकी अभिनेत्री आलियाको मुहारमा केही चाउरीपना देखिएको थियो । जसका कारण उनको सो चाउरीपना हटाउनको लागि कस्मेटिक सर्जरी अन्तर्गत मुहारमा बोटोक्सको प्रयोग गरिएको थियो । सो बोटोक्सका कारण आलियाको मुख केही बाँगो भएको अन्य सर्जनहरुले टिप्पणी गरेका छन्,‘कसै कसैमा यस्तो हुन्छ र बोटोक्सको असर कम हँुँदैजाँदा ६ महिनापछि पुन पहिलाकै अबस्थामा आउँन पनि सक्छ । अहिले आलिया भट्टको मुखमा पनि बोटोक्सको असर देखिएको हो ।’ एकजना कस्मेटिक सर्जनको आलियाको समस्या’bout मिडियालाई यस्तो प्रतिक्रिया दिएका छन् ।

यसरी आफ्नो मुखको विषयलाई लिएर टिप्पणी आएपछि अभिनेत्री आलिया भट्टले आफ्नो इन्स्टाग्राम प्रतिक्रिया दिँदै कॉस्मेटिक सजरी गर्नु कुनै गलत नभएको बताएकी छिन् । व्यक्तिको लागि यो कुनै प्रतिबन्ध कार्य नभएको पनि उनले जिकिर गरेकी छिन् । आफ्नो शरीर राम्रो बनाउन सबैलाई मनपर्ने भएकाले यस्ता कुरामा टिप्पणी नगर्न उनले अनुरोध गरेकी छिन्

उनले यस्तो कुरामा मानवीय समवेदना देखाउन पनि आग्रह गरेकी छिन् । शारीरिक बनौटलाई लिएर कसैलाई पनि सामाजिक सञ्जालमा हास्यब्यँग्य गर्न नुहने यी अभिनेत्रीको कथन छ ।

पछिल्लो समय युवापुस्तामा लोकप्रिय भएको कस्मेटिक सर्जरी धेरैको सुन्दरतामा बरदान सावित भएको पनि यी अभिनेत्रीले बताएकी छिन् । अन्त्यमा उनले लेखेकी छिन्,‘बाँच्नुस र अरुलाई पनि बाँच्न दिनुस् । यहाँ हरेकलाई बाँच्ने अधिकार छ ।’

तपाइको प्रतिक्रिया
(Visited 477 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेपालमा चिनियाँ परियोजना बीआरआईमा किन भइरहेछ मतभेद ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु