रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव, खेल अवरुद्ध

काठमाडौँ । नेपाल र भारतबीचको साफ महिला च्याम्पियनसिपको सेमिफाइनल खेलमा तनाव भएको छ ।

खेलमा नेपालले गरेको गोललाई रेफ्रीले मान्यता दिन अस्वीकार गरेपछि नेपाली खेलाडीहरुले विरोध गरिरहेका छन् । खेलमा भारतले खेलको ७०औ मिनेटमा गोल गरेर १-० को अग्रता लिएको थियो । त्यसपछि खेल शुरु भएपछि नेपालले लगतै गरेको गोललाई रेफ्रीले मान्यता नदिएपछि नेपालले विरोध गरेको छ । अहिले खेल अवरुद्ध भएको छ र रेफ्रीहरु छलफलमा रहेका छन् ।

रेफ्रीले खेल फेरी शुरु गर्न खोजेपछि नेपालले गोलको मान्यता नदिएको भन्दै विरोध गरिरहेको छ । यसअघि पहिलो हाफमा पनि रेफ्रीले नेपालले पेनाल्टी क्षेत्रमा भएको ह्याण्ड बल दिन अस्वीकार गरेकी थिइन् ।  

नेपालले रेखा पौडेललाई रातो कार्ड

नेपालकी फरवार्ड रेखा पौडेलले रातो कार्ड पाएकी छन् । भारतविरुद्धको सेमिफाइनलको दोस्रो हाफमा रेखाले दोस्रो पहेलो कार्ड पाएपछि रातो कार्ड पाएर मैदान छोडेकी छन् । उनले खेलको ५१औ मिनेटमा मैदान छोडेपछि नेपाल १० खेलाडीमा सिमित भएको छ ।

पहिलो हाफमा गोल रहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक खेलाडी गुमाएपछि नेपाललाई ठुलो झट्का लागेको छ ।  रेखाले रातो कार्ड पाएर मैदान छोडेपछि दर्शकले मैदानमा बोतल फाले =पछि खेल अवरुद्ध समेत भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रेफ्रीले नेपालको गोल दिन अस्वीकार गरेपछि तनाव, खेल अवरुद्ध

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सत्ता गठबन्धन बैठकः चुनावमा तालमेल गरेरै जाने