सडकमै चालकको स्वास्थ्य परीक्षण

कपिलवस्तु । लाइसेन्स लगायतका कागजपत्र जाँच गर्ने, जरिमाना काट्ने ट्राफिक प्रहरीले सडक मै स्वास्थ्य परीक्षण गर्न थालेको छ। पूर्व पच्छिम राजमार्ग भएर चल्ने सवारीसाधनको ट्राफिक प्रहरी कपिलवस्तुले सडकमै स्वास्थ्य परीक्षणलाई अभियानको रूपमा सुरु गरेको छ।

राजमार्गमा हुने दुर्घटना न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुले चालकको स्वास्थ्य परीक्षण अभियान सुरुआत गरेको छ। अधिकांश दुर्घटना चालककै कमजोरीका कारण भएकाले सवारी चलाइरहेका चालकलाई सडकमै रोकेर स्वास्थ्य परीक्षण गर्ने अभियान थालिएको हो। लाइसेन्स लगायतका कागजपत्र मात्र जाँच गर्ने ट्राफिक प्रहरीले आफूहरूको स्वास्थ्य परीक्षण गर्ने यस्तो अभियान चलाएकामा सवारी चालकहरू खुसी भएका छन्।

शुक्रवारबाट चेकजाँच अभियानको सुरुवात गर्दै ८७ जना सवारी चालकको स्वास्थ्य परीक्षण गरेको छ । सवारी चालकले आफै पनि नियमित स्वास्थ्य परीक्षण गर्नु पर्छ । तर खासै चासो दिएको पाइँदैन । जसले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्दै जान्छ । यही जोखिमलाई कम गर्न सडक स्वास्थ्य चेकजाँच गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी निरीक्षक पङ्कज चुँदालीले बताए ।

स्वास्थ्य परीक्षण गरिएका चालकमा आँखाको दृष्टि, रङ्ग नचिन्ने र रक्तचापको समस्या देखिएको छ। साथै समयमा खाना नखाने कारण पनि चालकको स्वास्थ्यमा विभिन्न समस्या देखिएको स्वास्थ्यकर्मीको भनाइ छ। समस्या भएका सवारी चालकलाई थप उपचारको लागी परामर्श गरिएको आँखा अस्पताल बहादुर गन्ज दृष्टि विशेषज्ञ चिकित्सक सुशील कार्कीले बताए ।

छन्दे काले बाबु नारायणी आँखा अस्पताल बहादुर गन्ज, गोरुसिङ्गे स्वास्थ्य चौकीको प्राविधिक सहयोगमा सवारी चालकको आँखाको दृष्टि र रक्तचापको परीक्षण गरिएको थियो । सधैँ सवारी कारबाही गर्ने, राजस्व सङ्कलन गर्ने मात्र नभई ट्राफिक प्रहरीले सिर्जनात्मक काम तथा सचेतना गर्ने र चालक, सहचालक, यात्रुको गुनासो तथा सुझाव लिएर दुर्घटनाको जोखिम समेत घटाउने लक्ष्य लिए बढ्दो दुर्घटना न्यूनीकरण गर्न मद्दत पुग्ने देखिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 26 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
विराटनगर महानगरपालिकामा नेपाली कांग्रेसका कोइराला विजयी