ट्रमाका डा.चौधरीको पर्सामा सन्देशमुलक जन्मदिन

वीरगन्ज । अखाद्य बस्तु मिसावट ‘केक’ काटेर जन्मदिन मनाउने पश्चिमा शैली नअपनाउन समाजलाई सन्देश दिंदै पर्सामा एक महिला डाक्टरले फरक ढंगले जन्मदिन मनाएकी छन् । पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालकाबाट पहिलो महिला डाक्टर बन्न सफल डा प्रिति चौधरीले आफ्नो २६ औं जन्मदिनलाई फरक ढंगले मनाउँदै उदाहरण पेश गरेकी हुन् ।

प्रकृतिसँग प्रेम गर्दै जलवायु परिवर्तनको नकारात्मकता बढ्न दिनु हुन्न भन्ने उनको सकारात्मक सन्देशको निष्कर्ष छ । समाजका भद्रभलाद्मी सहितको उपस्थितिमा उनले आफ्नो जन्मस्थलो पर्साको पटेर्वा सुगौलीमा २ सय ५० वटा विभिन्न प्रजातिका विरुवा रोप्दै वातावरण बचाउने फरक शैलीको अभियान छेडेकी छन् । जन्मदिनमा यतिधेरै विरुवा रोपी वृक्षारोपण अभियानलाई नै थालनी गरिएको पर्सामा संभवतः यो पहिलो कार्यक्रम रहेको स्थानीयको भनाइ छ ।

नेपाल राष्ट्रिय आधारभूति विद्यालय पटेर्वाको परिषर र साढे पाँच विघा जमिन भएको विद्यालयको खुल्ला ठाउँमा वृक्षारोपण कार्यक्रम गरिएको छ । विद्यालयमा लक्षित गरी यस्तो अभियान थाल्दा नयाँ पीढिलाई पनि सकारात्मक सन्देश हुने डा.चौधरीको तर्क छ । आफ्नो गाउँठाउँका साना भाइ–बहिनीहरुलाई पनि राम्रो काम गर्न बल पुग्ने लक्ष्य सहित काठमाण्डौबाट आफ्नै गाउँमा आई यो कार्य गरिएको उनको भनाइ छ ।

‘पेपरनिल केमिकल’ प्रयोग हुने पश्चिमा शैलीको केकको प्रचलनभन्दा सयौं विद्यार्थीे भाइबहिनीका बीच वृक्षारोपण अभियान थाल्नु निकै उदाहरणीय काम भएको तराई विकास तथा संचार केन्द्रका अध्यक्ष गोविन्द चौलागाईंले बताए । ‘डा. चौधरीको यो कदम निकै सह्रानीय छ’ नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव समेत रहेका चौलागाईंले भने । जलवायु परिवर्तनको नकारात्मक असर र मधेशमा पानीको हाहाकार हुने समस्यालाई यस्ता कार्यले थोरै भए न्यूनिकरण गर्न बल पुग्छ उनले बताए । गएको २०८० फागुन ११ गते रौतहटको सिधुरेघारी चाँदीखोला किनारमा आफ्नो जन्मदिनको दिन पारेर यसैगरी वृहत वृक्षारोपण कार्यक्रम सचिव चौलागाईले पनि थालनी गरेका थिए । अक्सिजन बढाउने र जलवायु परिवर्तनको नकारात्मक असर रोक्ने यस्ता उपाय अपनाउने कार्यको हौसला दिन आफू पनि पर्सा झरेको उनको भनाइ छ ।

१० प्रजातिका विरुवा
अमला, बरगज, सपेता, आँप, अम्बक लगायत विभिन्न १० प्रजातीका विरुवा रोप्दै जीवनलाई सत्कर्ममा जोड्न छोरी अग्रसर हुँदा निकै खुसी लागेको डा.चौधरीका बुबा चन्द्रकिशोर चौधरीले बताए । काठमाण्डौको ट्रमा सेन्टर हस्पिटलमा कार्यरत छोरी डा.प्रिति चौधरी पालिकाकै पहिलो महिला डाक्टर पनि हुन् उनले भने । ‘जन्मदिनमा पनि छोरीले नमूना कार्य गर्न अग्रसर हुँदा बुबाको दायित्व त साथ दिने वाहेक के हुन्छ र ? उनी खुशी हुँदै’ भने ।

जन्मदिन पनि सकारात्मक सन्देश दिने गरी सुरुवात गर्नु निकै प्रभावकारी कदम भएको मधेश प्रदेश सभा सदस्य श्याम पटेलले बताए । पश्चिमा शैलीको नकारात्मक कुरामाभन्दा जलवायु परिवर्तनमा आउने ह्रास कम हुने यस्ता कार्य अरुले पनि गर्नु पर्ने उनले सुझाव दिए । आफ्नो जन्मदिनलाई सत्कर्ममा जोडौं भन्ने भावना सहित गाउँका छोरीचेली आफ्नै गाउँमा आई वृहत विरुवा रोप्ने अभियान चलाउँदा सकारात्मक कदम भएको पूर्व मन्त्री सुरेन्द्र चौधरीले पनि तर्क गरे । यस्ता कार्यले जलाशयको श्रोत नघट्ने र वातावरण जोगाउन टेवा पुग्ने हुँदा सबैले यस्ता सकारात्मक कार्य गर्न पर्ने उनको पनि भनाइ छ ।

पर्साको ग्रामिण क्षेत्रमा रहेको पटेर्वा सुगौली गाउँपालिकामा चलाइएको वृक्षारोपण अभियान प्रभावकारी कदम भएको नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का र अर्का पत्रकार राघव साहको पनि भनाइ छ । जन्मदिनमा आधुनिक समयका चिकित्सकले समेत वृक्षारोपण अभियानलाई उच्च प्राथमिकतामा राखी केक बहिस्कृत अभियान चलाउनु जिल्लामा नयाँ हलचल ल्याएको सयौंको संख्यामा उपस्थित स्थानीय मध्ये केहीको भनाइ छ । ‘पर्साका १४ पालिका मध्ये हाम्रो पालिका यो अर्थमा पहिलो भयो’ उनीहरुले खुशी हुँदै भने ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दोधारा चादनीमा एमालेका लिम्बू र उपमेयरमा काग्रेसकी उपमेयर निर्वाचित