फेरी रेशम फिलिलीको पहिलो सेड्युल प्याकअप

काठमाडौं । चलचित्र रेशम फिलिलीपछि यसको सिक्केलको रुपमा दशैंबाट चलचित्र ‘फेरी रेशम फिलिली’को छायाँकन सुरु भएको थियो । यो चलचित्रको १२ दिनमा पहिलो सेड्युलको छायाँकन सकिएको यसका निर्माता रौनक बिक्रम कँडेलले राजधानीलाई बताए ।

‘चलचित्रको पहिलो चरणको काठमाडौं र काभ्रेको पाँचखाल सेड्युलको छायांकन १२ दिनमा सकिएको छ । अब हामी दोस्रो चरणको छायांकनको लागि तिहारपछि अर्थात २२ कार्तिकमा बारा जाने छौं ।’ निर्माता रौनक विक्रम कडेलले बताए ।

बारापछि केही छायााकन चितवनमा गरिने पनि कँडेलले जानकारी गराए । मुलत अहिलेका तन्नेरी पुस्तमा अध्ययन तथा रोजगारीका लागि विदेश जाने मोहले निम्त्याएको समस्यालाई कथानक रुपमा यो चलचित्रमा प्रस्तुत गर्न लागिएको पनि कँडेलले राजधानीलाई बताए ।

यो चलचित्रको मुख्य भूमिकामा विनय श्रेष्ठ, सुपुष्पा भट्ट र कामेश्वर चौरासिया रहेका छन् । विनय र कामेश्वर अघिल्लो भागका कलाकार हुन् भने सिक्वेलमा सुपुष्पाको प्रवेश भएको छ । फेरि रेशम फिलिलीलाई निरोज महर्जनले निर्देशन गरिरहेका छन् ।

यो चलचित्रको अन्य कलाकारमा नीर शाह, लक्ष्मी गिरी, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, महेश त्रिपाठी, काजल कर्ण, एवनराज उप्रेती, मेक्सम गौडेल लगायत छन् । रौनक विक्रम कँडेलको लगानी रहेको यो चलचित्रको कार्यकारी निर्मातामा सुरज बम ठकुरी र सह–निर्मातामा एनी थापा छन् ।

सिनेमा आट्र्सले वि मोशन पिक्चर्सको सहकार्यमा निर्माण भैरहेको यो चलचित्रमा सुसन प्रजापतीको छायांकन, निरोज महर्जन र आकाश बरालको पटकथा तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन वाइवा र दीपक शर्माको संगीत रहनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 23 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सर्लाहीमा ३९ पालिकाको नतिजा सार्वजनिक (सूची सहित)