डेनिलाले जितिन् मिसेस नेपाल वल्डको उपाधि

काठमाडौं । विश्वका विवाहित महिलाहरुको अन्तराष्ट्रिय प्रतियोगिता मिसेस वल्र्डको नेपाली संस्करणको उपाधि डेनिला कार्कीले जितेकी छिन् । शनिबार अबेरराती काठमाडौंको प्रज्ञाभवनमा तामझामका साथ आयोजना गरिएको ‘मिसेस नेपाल वल्र्ड २०२४’ को उपाधि डेनिलाले चुमेकी हुन् । उनले विधुतीय स्कुटर, विभिन्न उपहारसहित आगामी जनवरीमा अमेरिकामा हुने मिसेस वल्र्ड २०२४ मा नेपालबाट प्रतिनिधित्व गर्ने अबसर हाँसिल गरेकी छिन् ।

सो ग्रान्ड फिनाले समारोहमा मिसेस नेपाल इन्टरनेसनल २०२४ को उपाधि सुयशा राउतले हाँसिल गरिन् । यस्तै एमएस नेपाल इन्टरनेसनल २०२४को उपाधि रेश्मा घिमिरेले जितिन् । अब सिंगापुरमा हुने आयोजना मिसेस इन्टरनेशनल नेपालबाट सुयशाले र एमएस इन्टरनेशलनमा नेपालबाट रेश्माले प्रतिनिधित्व गर्दै यी कार्यक्रममा भाग लिने छन् ।

समारोहमा मिसेस वल्र्ड नेपालतर्फ फस्ट रनरअपको उपाधि एलिना घिमिरे, सेकेन्ड रनरअपको उपाधि किरण कार्कीले र थर्ड रनरअपको उपाधि अनु कार्कीले जिते । उनीहरुले उपाधिसँगै विभिन्न उपहार पनि प्राप्त गरेका छन् ।

रिबन इन्टरटेनमेन्टद्धारा आयोजित यो समारोहमा अन्य शिर्षकका उपाधिबीच पनि प्रतियोगीबीच प्रतिस्पर्धा भएको थियो । जसमा माया लामाले पब्लिक च्वाईस र फेसबुक च्वाईस, नानु सिंहले भिवर्स च्वाईस, मष्ट ट्यालेन्ट र मल्टी मिडिया च्वाईस्को उपाधि जिते । यस्तै एलिना घिमिरेले मिसेस कन्जिनियालिटी, किरण कार्कीले ब्युटी विथ कम्पासन, सृजना ब्यन्जनकारले बेष्ट पर्सनालिटी, सृष्टी अर्यालले बेष्ट फिजिक, अनु कार्कीले बेस्ट हेयर, सारा तामाङले हेल्दी स्किन, सुयसा राउतले बेष्ट र्याम्प वाक, नेहा कर्णले बेष्ट स्माईल, अम्बिका गौतमले मस्ट डिसिप्लेन, सिमरन कार्कीले फेशन आईकन, सुसिला केसी दाहालले मष्ट क्रियटिभ, सृजना श्रेष्ठले बेष्ट स्प्रिचुअल डान्स, प्रगति श्रेष्ठले म्यानेजमेन्ट च्वाईस र सहारा तिमल्सिना अर्यालले फोटो जेनिक उपाधि हाँसिल गरे ।

विविध सांगीतिक कार्यक्रमसहित भएको सो समारोहमा मानार्थ मिसेस नेपाल वल्र्ड सम्मान २०२४ को सम्मानबाट अग्रज अभिनेत्री बसुन्धरा भुसाललाई सम्मानित गरियो । नेपाली चलचित्र क्षेत्रमा बिगत ६ दशकदेखि अभिनयमार्फत निरन्तर योगदान दिएको भन्दै उनलाई सो सम्मान प्रदान गरिएको हो । माईति नेपालकी अध्यक्ष अनुरोध कोईराला, अभिनेता धिरेन शाक्य, आयोजक संस्था रिबन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झा, अफिसियल कोरियोग्राफर अश्विनीकान्त झालगायतले भुसाललाई सो सम्मान अर्पण गरेका हुन् । भुसालको सम्मानको उनका आधादर्जन गीतमा अभिनेता गजित बिष्टको समुहले कार्यक्रममा नृत्य प्रस्तुत गरे ।

मुख्य निर्णायकमा अुनरोधा कोईराला रहेको यो ग्रान्ड फिनालेको निर्णायकमा टेलिभिजनकर्मी भाष्कारराज राजकर्णिकार, अभिनेता धिरेन शाक्य, हास्य अभिनेता केदारप्रसाद घिमिरे, अभिनेत्री उषा रजक, श्री केश तेलका अध्यक्ष टिकाराम बुढाथोकी, अधिवक्ता जेनिश पहारीलगायत थिए । प्रतियोगितालाई अश्विनी कान्त झाले कोरियोग्राफी, ऐना गजुरेलले सह कोरियोग्राफी रानी खरेल र सम्राट शाहले संयोजन तथा गंगा महर्जनले ब्यबस्थापन गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’