उद्यमी ब्यवसायीका रुपमा स्थापित यी ७ बलिउड अभिनेत्री

मुम्बई । बलिउड अभिनेत्रीहरुको यात्रा अब सिल्भर स्क्रिनमा मात्र सीमित रहेन । यी अ भिनेत्रीहरुमध्य धेरैले उद्यमशीलताको संसारमा प्रवेश गरेर आफुलाई उद्योगी तथा व्यबसायी रुपमा पनि स्थापित गरिरहेका छन् । उनीहरु सफल व्यवसायीको रुपमा पनि परिचित छन् । जो आफ्नो व्यवसायबाट धेरैलाई रोजगारी दिनुका साथै मुलुकको अर्थतन्त्र बलियो बनाउन पनि सक्षम भएका छन् । बलिउडका धेरैजसो नायिकाहरुको कस्मेटिक उधोग रहेको छ । उनीहरुको उत्पादनहरु भारतसहित अन्तराष्ट्रिय बजारमा पनि लोकप्रिय छन् । केही अभिनेत्रीले फेशन उधोग चलाएका छन् । यहाँ यिनै केही प्रमुख बलिउड उद्यमी तथा व्यबसायी अभिनेत्रीहरुको चर्चा गरिएको छ ।

प्रियंका चोपडा
बलिउड अभिनेत्री प्रियंका चोपडा जोनास अभिनयमा मात्र होइन, व्यापारमा पनि एक पावरहाउस बन्दै गएकी छिन् । उनले आफ्नो परिचयलाई विभिन्न उद्योगहरूको सञ्चालकको रुपमा पनि स्थापित गरेकी छिन् । उनी हेयर केरय ब्रान्ड ‘एनोमाली’को संस्थापक हुन् । प्रियँकाले अन्तराष्ट्रिय हेयर केरय ब्रान्ड एनोमाली मार्फत आफ्नो उत्पादनबाट विश्वबजारमा सफलता हाँसिल गरिरहेकी छिन् । यस्तै न्युयोर्क शहरको एउटा उच्चस्तरको भारतीय रेस्टुरेन्ट ‘सोना’को सञ्चालक पनि प्रियँका हुन् । भारतीय मौलिक र आधुनिक खानाको लागि न्युयोर्कमा प्रियँकाको रेस्टुरेन्ट सोना निकै लोकप्रिय छ ।

कैटरिना कैफ
अभिनेत्री कैटरिना कैफको उद्यमी हुन् । उनले २०१९ मा आयुवोदिक कस्मेटिक सामग्री ‘के ब्युटी’ को उत्पादन सुरु गरेकी हुन् । विश्व प्रशिद्ध ब्रान्ड न्याकाको साझेदारीमा उनले के ब्युटी कस्मेटिक सामग्रीको उत्पादन गर्दै आएकी छिन् । ई–कमर्स प्लेटफर्म मार्फत पनि त्यत्तिकै राम्रो व्यापार हुँदै आएको यो उत्पादन भारतलगायतको देशमा स्किन केयरमा लोकप्रिय बन्दै गएको छ । शाकाहारी भनिएको के ब्युटीले धेरैको सुन्दतामा निखार ल्याएको दाबी अभिनेत्री कैटरिनाले गर्दै आएकी छिन् । कैटरिना पनि उद्योगी तथा व्यवसायी अभिनेत्रीको रुपमा परिचित छिन् ।

दीपिका पादुकोण
बलिउड अभिनेत्री दीपिका पादुकोण चर्चित अभिनेत्रीसँगै सफल महिला व्यबसायी पनि हुन् । उनले केए इन्टरप्राइजेज स्थापना गरेर यो कम्पनी मार्फत व्यापार व्यबसाय गर्दै आएकी छिन् । अभिनेत्री दीपिकाले केए इन्टरप्राईजेज मार्फत एपिगामिया, फर्लेन्को र ब्लू स्मार्ट जस्ता ब्यबसाय सञ्चालन गर्दै आएकी छिन् । भारतको लोकप्रिय ब्रान्ड ८२ डिग्री इको संस्थापक तथा सञ्चालक पनि अभिनेत्री दीपिका नै हुन् । ८२ डिग्री इ पनि भारतको लोकप्रिय कस्मेटिक ब्रान्डमा पर्दछ । दीपिकाको यो उत्पादन पनि भारत तथा अन्य देशमा लोकप्रिय छ । मुलत यो ब्रान्डका स्किनकेयर उत्पादनहरुले बजारमा राम्रो स्थान लिईरहेको छ ।

कृति सेनन
बलिउड अभिनेत्री कृति सेसन भारतको अर्को चर्चित कस्मेटिक ब्रान्ड ‘हाईफन’की उत्पादक हुन् । पेप टेक्नोलोजीसँग साझेदारी गरेर उनले यो स्किनकेयर ब्रान्ड स्थापना गरेकी हुन् । उनी यो कम्पनीको सह–संस्थापक हुन् । हाइफनको उत्पादनले त्वचाको रक्षामा उल्लेख्य योगदान दिने गरेको छ । अर्को उत्पादन द ट्राइबको पनि संस्थापक अभिनेत्री कृति नै हुन् । यो एक स्वास्थ्य र फिटनेस कम्पनी हो । जसको उत्पादन तथा सेवाहरु भारतमा त्यत्तिकै लोकप्रिय छन् । कृतिले आफ्नो ब्रान्डको वृद्धि, बजारीकरण र ग्रहकको सेवामा पनि सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन् ।

आलिया भट्ट
बलिउड अभिनेत्री आलिया भट्ट पनि पछिल्लो समय उधोगी तथा व्यबसायी अभिनेत्रीको रुपमा लोकप्रिय छिन् । आलिया भट्टले आमा तथा बालबालिकाहरुलाई लक्षित गरेर ‘एड ए माम्मा’ फेशनको उत्पादन तथा विक्री वितरण गर्दै आएकी छिन् । जसका उत्पादन बालबालिकासँगै गर्भवती र अन्य आमाहरुको रोजाईमा पर्दै आएको छ । यो ब्रान्डले पर्यावरण–मैत्री उत्पादनको प्रमाणपत्र पनि पाईसकेको छ । अभिनेत्री आलियाको एड ए माम्मा ब्रान्डको उत्पादनले सन २०२१ मा भारतीय शाकाहारी किड्सवेयर ब्रान्डको लागि ‘पेटा इन्डिया भेगन फेशन अवार्ड’ पनि हाँसिल गरिसकेको छ । यो कम्पनीको सफलतालाई मध्यनजर राख्दै यसको यसको उत्पादनलाई विश्वव्यापी रुपमा फैल्याउन सन २०२३ मा आलियाको यो कम्पनीमा रिलायन्स रिटेलले कम्पनीको ५१ प्रतिसत शेयर लगानी गरेको छ । आलियाको सफल उद्योगी प्रतिबद्धताले गर्दा एड ए माम्माको उत्पादन आमाबाबु छोराछोरी देखि वातावरणविद्हरूको मनपर्ने पहिरन बनेको छ ।

नयनतारा
दक्षिण भारतीय तथा बलिउड अभिनेत्री नयनतारा पनि अभिनयसँगै उधमशिलतामा पनि त्यत्तिकै सफल छिन् । अभिनेत्री नयनराताले द लिप बाम, ९ स्किन र फेम ९ जस्ता कस्मेटिक ब्रान्ड उत्पादन गर्दै आएकी छिन् । उनको लिप बामको उत्पादनहरु ओठको सुन्दरताको लागि भारतीयहरुको रोजाईको ब्रान्ड बनेको छ । यस्तै फेम ९ र ९ स्किन ब्रान्डका कस्मेटिक उत्पादन पनि भारतसँगै अन्तराष्ट्रिय बजारमा फैलिरहेको छ । अभिनेत्री नयनताराले पनि कस्मेटिक उत्पादनमार्फत आफुलाई उधमी तथा व्यबसायीको रुपमा चिनाईरहेकी छिन् ।

ऋचा चड्डा
बलिउड अभिनेत्री ऋचा चड्डा आफ्नो अपरंपरागत भूमिकाका कारण दर्शकमाझ लोकप्रिय छिन् । अभिनेत्री ऋचा पनि अभिनयसँगै उद्यमशील महिलाको रुपमा परिचित छिन् । उनले लखनउमा स्थानीय कारीगरहरूलाई प्रवर्धन गर्दै स्थायी फेसन ब्रान्ड ‘एहाब कउचर’ स्थापना तथा सञ्चालन गर्दै आएकी छिन् । यो ब्रान्ड भारतमा लोकप्रिय हुँदैछ । उनले यसलाई पर्यावरण मैत्री ब्रान्डको रुपमा चिनाउँदै आएकी छिन् । यस्तै अभिनेत्री ऋचाले आफ्ना पति अली फजलसँग मिलेर ‘पुशिङ बटन्स स्टुडियो’ र प्रोडक्सन हाउस पनि सञ्चालन गर्दै आएकी छिन् । छायाँकनको लागि उनको यो स्टुडियो पनि लोकप्रिय छ ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
टिकट नपाउने भएपछि सिद्धार्थनगर नगरपालिकाको मेयरका आकांक्षी यादवले कांग्रेस त्यागे