धनकुटा र संखुवासभा उपाधिका लागि भिड्दै

संखुवासभा । संखुवासभाको खाँदबारी नगरपालिका–३ मानेभञ्याङमा जारी नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा धनकुटाको चुलाचुली युवा क्लव र संखुवासभाको पञ्चकन्या युथ क्लव फाइनलमा भिड्दै छन् । खाँदबारी–३ मानेभञ्याङस्थित महेन्द्र माविको खेल मैदानमा हिजो भएको खेलमा दुई टिम फाइनल पुगेका थिए ।

एड्भान्स क्लवको आयोजनामा सामाजिक सद्भावका लागि युवा एकता–विकृति, विसंगतिका विरुद्ध खेलकुदद्वारा सहकार्यको प्रतिवद्धता भन्ने मूल नाराका साथ नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगिता कात्तिक ७ गतेदेखि सुरु भएको थियो ।

हिजो भएको पहिलो खेलमा धनकुटाको चुलाचुली र संखुवासभाको सेकाहा सामुदायिक विकास क्लव बीच प्रतिस्पर्धा भएको छ । धनकुटाको चुलाचुली र सेकाहा सामुदायिक विकास क्लवले निर्धारित समयमा २–२ गोल गर्दै बरावर भएका थिए । धनकुटाको चुलाचुली युवा क्लवले र सेकाहा सामुदायिक विकास क्लवले टाई बे्रकरमा ४–३ गोल अन्तरमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको छ ।

दोस्रो खेलमा पञ्चकन्या युथ क्लवले सभापोखरी फुटबल क्लवलाई शुन्यका विरुद्ध १ गोल पराजित गर्दै फाइनल प्रवेश गरेको छ । आज सोमबार फाइनल खेलमा धनकुटाको चुलाचुली युवा क्लव र संखुवासभाको पञ्चकन्या युथ क्लव बीच प्रतिस्पर्धा भइरहेको छ । नवौँ अरुण भ्याली रनिङ शिल्ड फुटबल प्रतियोगितामा कोशी प्रदेशका १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजयी टिमलाई नगद दुई लाख रुपैयाँ ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने छ भने उपविजेतालाई नगद एक लाख रुपैयाँ सहित ट्रफि,मेडल प्रमाणपत्रले सम्मान गरिने प्रतियोगितामा विभिन्न विधामा समेत नगद र ट्रफीले सम्मान गरिने आयोजकले जनाएको छ ।

त्यस्तैगरी सेमि फाइनालिष्ट दुई टिमलाई नगद २५–२५ हजार रुपैयाँ प्रदान गरिने आयोजक एड्भान्स क्लवले जनाएको छ । फुटबल प्रतियोगिता कात्तिक १२ गते समापन हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 20 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जग्गा दानविरुद्ध परेको रिटमा सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल