Friday, July 23, 2021
HomeBreaking Newsउदयपुरमा थप आठ जनामा कोरोना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

,

उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका १२ भारतीय नागरिकसहित १ नेपाली नागरिकमा गरी १३ जना मुस्लिम धर्म गुरु जमातीलाई कोरोना संक्रमण पुष्टि भएको केही दिन बित्न नपाउँदै त्यहाँ पुनः ८ जना स्थानीयबासीमा कोरोना भाइरस (कोभिड १९) भएको पुष्टि भएको छ ।
कोरोना संक्रमित क्षेत्र उदयपुरको भुल्केबाट स्वाब परीक्षणका लागि शनिबार प्रदेश स्तरीय जनस्वास्थ्य प्रयोगशाखा कोसी अस्पताल बिराटनगर लगेका स्वाबको नमुना परीक्षणमा ८ जनामा कोरोना संक्रमण भेटिएको हो । उनीहरुको पुनः परीक्षण गर्न धरान लगिएकाले सार्वजनिक गर्न भने बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीले जानकारी दिए ।
भुल्केको मस्जिद नजिकको बस्तीका ६९ जनाको स्वाब परीक्षणका लागि शनिवार विराटनगर लगिएको थियो । संकलित नमूनामध्ये ८ जनाको संक्रमण देखिएको र अन्य ६१ जनाको नेगेटिभ देखिएको अस्पताल बिराटनगरस्थित जनस्वास्थ्य प्रयोगशालाले बताएको छ ।
कोरोना पोजिटिभ देखिएकाहरुलाई पुनः परीक्षण गर्न धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नमुना परीक्षण पठाएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालय स्रोतका अनुसार कोसीमा गरिएको परीक्षणमा पोजेटिभ देखिएको तर अन्तिम पुष्टिका लागि थप परीक्षण गर्नुपर्ने बताइएपछि धरानस्थित प्रतिष्ठानमा दोर्होयाएर परीक्षण गर्न लागिएको हो । उनीहरु सबैलाई उदयपुरबाट परीक्षणका लागि एम्बुलेन्समा धरान पठाइएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए । संक्रमण देखिएका भनिएका व्यक्तिहरु सबै पुरुष हु्न् । उनीहरु सबै वयस्क उमेरका हुन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख (एसपी) बीरबहादुर बुढा मगरका अनुसार भुल्केबाट २ वटा एम्बुलेन्समा राखेर उनीहरुलाई धरान पठाइएको स्विकारे । मस्जिदमा बसेका धर्म प्रचार धर्म गुरु जमातीहरु गाउँबस्तीका बासिन्दाको सम्पर्कमा आएको हुन सक्ने भन्दै गाउँलेको नमुना संकलन गरेर परीक्षण गरिएको हो । नजिकै नेपाली सेनाको १८ नम्बर बाहिनी अड्डा रहेको छ । जामे मस्जिदमा बसिरहेका १३ जनामा कोरोना संक्रमण भएको पुष्टि शुक्रबार भइसकेको छ । उनीहरुलाई बिराटनगरस्थित (कोभिड १९) उपचार केन्द्रमा राखेर उपचार गरिदैछ । उनीहरुसँगै ल्याइएका तीन जनालाई मोरङको टाँडीस्थित क्वारेन्टाइनमा राखिएको छ ।
मस्जिदमा रहेको धर्म गुरु जमातीहरुलाई कोरोना संक्रमण भेटिएपछि प्रदेश सरकारले भुल्केस्थित मुस्लिम समुदायका ५६ घर परिवारमध्ये घरमुलिको स्वाब परीक्षणका लागि नमूना संकलन गरिएको थियो । त्यसमा २ महिलासहित ६९ जनामा स्वाब परीक्षणको लागि संकलन गरि विराटनगर लगिएको थियो । ६९ जना मध्ये ९ जना सुरक्षाकर्मी र स्वास्थ्यकर्मिको पनि स्वाब संकलन गरिएको थियो ।
संक्रमित ८ जना भुल्केका स्थानीय मुस्लिम समुदाय हुन् । उनीहरु टयाम्पो, अटो चालक, दुध, तरकारी ब्यापारी हुन् । ८ जनमा कोरोना संक्रमण देखिएपछि गाईघाट बजार त्रसित बनेको छ । उनीहरुले यहाँसम्म दुध, तरकारी तथा सवारी साधान सञ्चालन गर्दै आएका थिए ।
स्थानीय प्रशासनले संक्रमित क्षेत्र लगायत उदयपुरका ६ वटै मस्जिद यतिखेर सिल गरिएको छ । शनिवार भुल्के मस्जिद आसपासका ५६ घर मुस्लिम समुदायका परिवारका ६९ स्वाव संकलन गरी विराटनगर लगिएको थियो । शनिबार विराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा.जयबेन्द्र यादवको नेतृत्वमा उदपुर आएको चिकित्सक टोलीले मस्जिद आसपासका बासिन्दा स्वाब संकलन परिक्षणका लागि लगेको थियो ।
त्यसैगरी आईतवार सोमवार पुन नेपाली सेनाको चिकित्सक टोलीले २ सय ५२ जना स्वाब संकलन गरेको थियो । सेनाको छाउनी अस्पतालको चार सदस्यीय चिकित्सक टोलीले मस्जिदसगै जोडिएको बस्तीका सर्बसाधरणको स्वाब संकलन गरेको हो । छाउनी अस्पतालका मेजर डा.प्राची रायमाझीको नेतृत्वमा चिकित्सक टोली आएको थियो । संकलित स्वाबलाई परीक्षणका लागि काठमाडौं लगिएको छ ।
तीन दिनमा ३ सय २१ जनाको स्वाब परिक्षणका लागि पठाएका मध्ये ६९ जनाको परिक्षण बिराटनगरमा भएको र बाँकी काठमाण्डौ लगिएको छ । ६९ जनाको परिक्षण मध्ये ८ जनामा पोजिटिभ देखिएका हुन् ।
कोरोना प्रभाबित क्षेत्रका १५ घर थारु समुदाय, ५६ घर मुस्लिम समुदाय र ३ सय ५० घर पहाडे समुदाय गरि ४ सय २१ घर परिवार रहेको भुल्केलाई अहिले सिल गरेको छ । त्यहाँबाट कोही पनि बाहिर जान पाउँदैनन् भने त्यहाँ जान पनि निशेष गरिएको (एसपी) बीरबहादुर बुढा मगरले बताए । त्यसले पनि स्थानीयबासीमा त्रास झन बढेको स्थानीयबासी यदु ढकालले जानकारी दिए । उनले भने यहाँको तरकारी गाईघाट बजार तथा आसपासको क्षेत्र प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको १८ नम्बर बाहिनी अडडामा समेत जाने गरेको बताए ।
तिनीहरूको ‘ट्राभल हिस्ट्री’ हेर्दा उनीहरू सप्तरीको बोदेबर्साइन नगरपालिका– ५ जाँजरमा फागुन ३–५ गते भएको नेपाल इज्तिमा सहभागी हुन आएको बताईएको छ । उनीहरु भारतको जोगबनी हुँदै बिराटनगर, दुहबी, ईटहरी, इनरुवा, राजबिराज हुँदै बोदेबसाईन नगरपालिका– ५ जाँजरमा भएको सम्मेलनमा सहभागी भई स्थानीय बिभिन्न मस्जिदमा धार्मिक प्रबचन दिई कन्चनपुर, फत्तेपुर, शिवाई हुँदै भुल्के आएको बुझिएको छ ।

Loading comments...

आजको समाचार

एमाले केन्द्रीय कमिटी बैठक: पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष ओलीलाई

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको बैठकले पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले...

दुईहजार ९७७ सङ्क्रमित थपिए, १८ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा देशभर २,९७७ सङ्क्रमित थपिएका छन् भने एक हजार ६७८ जना सङ्क्रमणमुक्त भएका छन् । जम्मा १३ हजार ६९८ लाई...

गण्डकीमा ६ मन्त्री थपिए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारले मन्त्रिमण्डलर बिस्तार गर्दै ११ सदस्यीय मन्त्रिमण्डल बनाएको छ । मुख्यमन्त्री पोखरेलले नेपाली काँग्रेससहित माओवादी केन्द्रका...

साताका लोकप्रिय समाचार

भैसी चराउन गएका गोरे थापाको बाघको आक्रमणमा परी मृत्यु

  बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक...

जनमोर्चाका शाही प्रदेश मामिला सभापति चयन

  पोखरा । सांसद खिमविक्रम शाही गण्डकी प्रदेशको प्रदेश मामिला समिति सभापतिमा चयन भएका छन् । तत्कालीन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङविरुद्ध परेको अविश्वासको मतविभाजनको दिन वैशाख...

माधव नेपाल समुह तत्काल सरकारमा नजाने

  काठमाडाैं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले तत्काल सरकारमा नजाने बताएका छन् । प्रधानमन्त्रीमा शेरबहादुर देउवाले विश्वासकाे मत पाएपछि प्रतिक्रिया दिँदै लाेकतन्त्रकाे...

मौद्रिक नीति ढिलो आउने संकेत !

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको पछिल्लो अवस्था समेटेर श्वेतपत्र ल्याउने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले श्वेतपत्र ल्याउने...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

ट्रेन्डिङ

अनलाइनको नाममा शुल्क असुल्दै विद्यालय

काठमाडौंं । काठमाडौंस्थित सार्वजनिक शैक्षिक गुठीद्वारा सञ्चालित बूढानीलकण्ठ स्कुलले अनलाइन कक्षाको नाममा अभिभावकबाट शुल्क माग्दै आएको पाइएको छ । यद्यपि, सो विद्यालयलाई सरकारले वार्षिक...

मनाङमा हाइ अल्टिच्युड मैदान

काठमाडौं ।  हिमालपारिको जिल्ला मनाङमा साहसिक खेलकुद पर्यटन (हाई अल्टिच्युड) खेल मैदान निर्माण कार्यले तीव्रता पाएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले चामे गाउँपालिका–१...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?