उपाधि जित्ने अवसरलाई खेर फाल्दैनौं: कप्तान एन्जिला

काठमाडौं । साफ महिला च्याम्पियनसिपको फाइनलमा बुधबार नेपाल र बंगलादेश भिड्दै छन् ।  फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार साँझ ६:३० बजेदेखि सुरु हुदैछ । फाइनलका लागि दुवै देश तयार रहेको नेपाल र बंगलादेशका कप्तान तथा प्रशिक्षकले बताएका छन् ।

मंगलबार रंगशालामा आयोजित प्री-म्याच प्रेस कन्फ्रेन्समा नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बंगलादेशलाई पराजित गर्दै उपाधि जित्ने लक्ष्यका साथ नेपाली टोली मैदानमा उत्रिने बताए ।  उनले यसअघि भएका खेलमा देखिएका गल्तीलाई सुधार गरेर फाइनल खेल्ने बताए । 

नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाले उपाधि जित्ने गरि खेल्ने बताइन् । कप्तान एन्जिलाले नेपालको लागि उपाधि जित्ने अवसर भएकाले यो अवसर खेर नफाल्ने बताइन ।  उनले नेपाली टिम अहिले एकजुट भएर खेलिरहेकोले फाइनलको नतिजा आफ्नो पक्षमा हुनेमा विश्वस्त रहेको बताइन ।

त्यस्तै बंगलादेशका प्रशिक्षक र कप्तानले पनि राम्रो खेलेर नतिजा आफ्नो पक्षमा पार्ने दाबी गरेका थिए ।  यसअघि सम्पन्न सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई पराजित गरेर फाइनलमा पुगेका हुन् । अघिल्लो पटक २०२२ मा काठमाडौँमै भएको साफमा बंगलादेशले फाइनलमा नेपाललाई १-० ले पराजित गर्दै उपाधि जितेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 172 times, 1 visits today)

epaper

ताजा समाचार

पोखरा रंगशालामा गुञ्जिए अमृत