सप्तरी । मिटरब्याजी रामदेव साह र उनका परिवारबाट ‘पीडित’ भएकाहरुले मंगलवार दिनभर सप्तरी जिल्ला अदालतको मुलगेट अगाडी धर्ना दिएका छन ।
आमा छोरा धरौटीमा रिहा
बिहान १० बजे मिटरब्याजी पीडितहरुले राजविराज बजारमा प्रर्दशन पश्चात अदालत पुगेर मुलगेट अगाडी पाल टाँगेर धर्नामा वसेका हुन । उनीहरुले सम्पती सुद्धिकरण (मनि लाउण्डरींङ) मुदामा पक्राउ परेका रामदेव साहका श्रीमती शिव कुमारी र छोरा नन्द किशोर माथी कानून बमोजिम कडा कारवाही हुनु पर्ने माग गरेका छन ।
साह परिवार माथी यस अघि ठगी तथा आपराधीक विश्वासघात मुदा समेत चलिरहेको छ । पक्राउ परेका आमा छोराको बयान सकिएपछी भित्र थुनछेक बहस चलिरहदा बाहिर पीडीतहरुले धर्ना र प्रर्दशन गरेका हुन । उनीहरुले आफुहरुलाई चर्काे ब्याज लिएर घरवारविहीन बनाउने सप्तरीको खडक नगरपालिका ७ कल्याणपुरका साहुकार मिटरब्याजी रामदेव साह र उनका परिवारलाई कारवाही न गरिए अदालत कै अगाडी आत्महत्या गर्ने चेतावनी समेत दिएका छन ।
पीडीतहरुले साह परिवार संग लिएको ऋण चर्काे ब्याज सहित चुक्ता गरिसके पनि बन्धकी स्वरुप राखेको जग्गा फिर्ता नगरेको गुनासो गरेका छन ।
मिटरब्याजी रामदेव साह सहित सात जना विरुद्ध अदालतले सम्पत्ती सुद्धिकरण सम्बन्धि मुदामा असोज २ गते पक्राउ पुर्जी समेत जारी गरी सकेको छ । रामदेव साह सहित उनकी श्रीमती शिव कुमारी, छोराहरु नन्दकिशोर, विपिन, छोरी पुष्पा, नाती चन्दन र कैलाश विरुद्ध पक्राउ पुर्जी जारी भएको श्रेस्तेदार कृष्ण प्रसाद अधिकारीले जानकारी दिए ।
जसमध्ये ५ जना अझै फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीको भनाई छ । साह परिवारले ठगी तथा आपराधीक विश्वासघात गरेको भन्दै सप्तरीका १७ जना पीडितहरुले प्रहरीमा उजुरी दिएका थिए ।
यता थुनछेक बहस सकिएपछि न्यायाधिश उदविर नेपालकीको इजलाशले दुबैजनालाई जनही ५ लाख २२ हजार ५ सय धरौटीमा छाड्ने आदेश जारी भएको उदालत श्रोतले जनाएको छ ।






