नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले आयोजना ग-यो देउसी भैलो कार्यक्रम

काठमाडौं । नेकपा (एमाले) काठमाडौं महानगर कमिटीले देउसी भैलो कार्यक्रम आयोजना गरेको छ । काठमाडौं महानगर वडा नम्बर १६ नयाँ बजारमा एमालेले मंगलबार देउसी भैलो कार्यक्रम आयोजना गरेको हो ।

वडा नं. १६ मा यहि मंसिर १६ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै सो कार्यक्रम आयोजना गरिएको नेकपा (एमाले) कठमाडौं नगरपालिका अध्यक्ष गणेश श्रेष्ठले बताए । रिक्त अध्यक्ष पदका लागि यहि मंसिर १६ मा हुन लागेको १६ वडाको निर्वाचनलाई लक्षित गरि सो कार्याक्रम आयोजना गरिएको अध्यक्ष श्रेष्ठले बताए । देउसि भैलो कार्यक्रममा २,८५,०००र( रकम संकलन भएको र आगामी वर्षहरुमा देउसीभैलो कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए ।

कार्यक्रमका प्रमुख अतिथि एमाले पोलिट्ब्युरो सदस्य एवं पूर्वसांसद कृष्ण राईले मंसिर १६ मा हुने उपनिर्वाचनलाई समेत लक्षित गरी यही वडामा कार्यक्रम गर्नुले विशेष संकेत गरेको बताए । नेता राईले तिहार सबै भाषा, संस्कृति र जातजातिले अपनत्व गर्ने पर्व भएको बताए । ’मानिसको मात्र नभएर पशुपन्छीदेखि जनावरसम्मको पूजा हुने यो पर्व जीवन जगतका सबै जीवसँग सम्बन्धित छ,’ उनले भने, ’यो हाम्रो प्राचीन संस्कृति हो, यसले नेपाल र नेपालीलाई विश्वभर चिनाएको छ ।’

उपचुनावको सम्मुखमा भएको कार्यक्रमले पार्टीभित्र र मतदातामा पनि एकताको भ्रातृत्वको सन्देश दिने उनले बताए ।

कार्यक्रममा प्रमुख अतिथि एमाले केन्द्रीय सदस्य एवं महानगरपालिकाका पूर्वप्रमुख विद्यासुन्दर शाक्य, केन्द्रीय सदस्य एवं पूर्वप्रदेश सभा सदस्य नारायण सिलवाल, केन्द्रीय सदस्य शर्मिला कार्की, केन्द्रीय सदस्य शान्ति अधिकारी, केन्द्रीय सदस्य सरिता न्यौपाने र काठमाडौं महानगर इन्चार्ज तेजप्रसाद ढकाल पनि सहभागी थिए ।

त्यस्तै कार्यक्रममा काठमाडौं महागरपालिका उपप्रमुख सुनिता डंगोल, एमाले काठमाडौं जिल्ला उपाध्यक्ष विश्वराम सापकोटा, महानगर कमिटीका पूर्वअध्यक्ष निर्मल देउला, वडा अध्यक्षहरुलगायत सहभागी भएको जनाएको छ । कार्यक्रम सञ्चालन एमाले काठमाडौं महानगर कमिटी उपसचिव एवं वडा नम्बर ९ की सदस्य सिर्जना भेटवालले गरेकी थिइन् ।

तपाइको प्रतिक्रिया
(Visited 137 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनकौलमा कांग्रेसको खाता खुल्यो, अध्यक्षमा साह उपाध्यक्षमा सहनी बिजयी