बर्दियामा स्वाब संकलन गर्ने किट ३ वटा मात्र बाँकी

बर्दिया । छिमेकी मुलुक भारतसँग सिमा जोडीएको र कोरोना संक्रमणको उच्च जोखिममा रहेको बर्दियामा कोरोना परिक्षण गर्ने (भिटिएम) पिसिआर किटको अभाव देखिन थालेको छ । जिल्लामा हाल कोरोना भाइरसको स्वाब संकलन गर्ने (भिटिएम) पिसिआर किट ३ वटा रहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए ।

यसैगरि र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) किटको मौज्दात पनि सकिन लागेको बताइएको छ । हाल २ सय थान मात्र आरडिटी किट मौज्दात रहेकाले कार्यालय प्रमुख गिरीले जानकारी दिए । जबकी जिल्लामा हाल १ हजार १ सय ७२ जना मानिस क्वारेन्टाइनमा छन् । कोरोना भाइरस आशंकाका विरामी थपिदै गएर स्वाब संकलनमा समस्या आउने बताइएको छ । किटको अभावकै कारण अहिले सम्म काम भने नरोकिएको कार्यालय प्रमुख गिरीले बताए । कार्यालय प्रमुख गिरीले भने, ‘अहिले किट अभावकै कारण कोरोना परीक्षण नै रोकिएको त छैन, तर शंकास्पद बिरामी बढी आएमा कोरोना परिक्षण गर्नका लागि किट अभाव हुनेछ ।’

आरडिटी टेष्ट धेरै गर्दा राम्रो हुने भएकाले समयमै प्रयाप्त सामाग्री उपलब्ध भए राम्रो हुने कार्यालय प्रमुख गिरीको भनाई छ । यसअघि २५ जनाको (भिटिएम) किट प्रयोगबाट स्वाब संकलन गरि सकिएको छ । जसमध्ये २३ जनाको कोरोना नेगेटिभ देखिएको र बाँकी २ जनाको रिर्पोट आउन बाँकी छ ।

छिमेकी मुलुक भारतबाट आएका र बैदेशिक रोजगारमा गएका अथवा विभिन्न जिल्लाबाट आएकाहरुमा केही लक्षण देखिएमा वा कोरोना आशंका भएमा कोरोना परिक्षण गर्ने भरपर्दो बिधि (भिटिएम) पिसिआर कीट ३ वटा मात्रै स्टकमा हुँदा परिक्षणमा समस्या हुने देखिएको हो ।

कार्यालय प्रमुख गिरीले भने,‘ स्टक सिमित छ । समयमै किट उपलब्ध भएन भने परिक्षणमा समस्या देखिन सक्छ ।’ तत्काल किट उपलब्ध गराउन संघिय सरकार र प्रदेश सरकारसँग पत्राचार गरेको उनले बताए । तत्कालका लागि (भिटिएम) पिसिआर किट १ सय थान र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीट ५ हजार थान माग गरिएको उनले बताए ।
(भिटिएम) पिसिआर किट प्रयोगबाट अहिलेसम्म २५ जनाको परिक्षण गरिएको छ जसमध्ये २३ जनाको नेगेटिभ रिपोर्ट आएको छ भने २ जनाको रिपोर्ट आउन बाँकी छ ।

र्यापिड डाइनेस्टिक टेष्ट (आरडीटी) कीटबाट पनि ३६४ जनाको परीक्षण भएको छ सबैको नतिजा नेगेटिभ आएको छ । अझैँ ७ सयको हाराहारीमा परीक्षण गर्नुपर्ने देखिन्छ तर त्यो टेस्ट गर्न किट कम भएको स्वास्थ्य प्रमुख गिरीले बताए ।

बर्दियाका ८ वटै पालिकाका विभिन्न क्वारेन्टाइनमा हालसम्म १ हजार १ सय ७२ जना रहेका छन् । आइसुलेसनमा २ जना राखिएको छ । स्वास्थ्यकर्मीका लागि आवश्यक सुरक्षा कवज पीपीई, सेनिटाईजर, मास्क, ग्लोब्स, ज्वरो नाप्ने थर्मल गन जस्ता उपकरणहरु पनि जिल्ला अस्पतालसंगै बर्दियाका ८ वटै पालिकामा प्रयाप्त मात्रामा नरहेको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोर्कण गिरीले बताए । कोरेन्टाइनमा रहेका सबैको र्यापिड टेष्ट गर्नुपर्ने भएकाले र वाहिरी जिल्लाबाट क्वारेन्टाइनमा आउने क्रम बढ्दै गएकाले किट लगायतका अत्वाश्यक सामग्री तत्काल उपलब्ध गराउन उनले माग गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 185 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसमा मन्त्री छान्न सकस, कोइराला पक्ष छलफलमा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा कांग्रेसका काफ्ले र उप प्रमुखमा चौधरी बिजयी