कालिकोटमा पञ्चेबाजा जोगाउन देउसीभैलो

कालिकोट । कालिकोटको खाँडाचक्र नगरपालिका १ र २ का युवाहरुले पञ्चेबाजा संरक्षणका लागि देउसी भैलो खेलेका छन् । उनीहरुले पञ्चेबाजासहित सदरमुकाम मान्ममा देउसीभैलो खेलेका हुन् ।

पछिल्लो समयमा पञ्चेबाजा हराउदै जान थालेको संकेत देखिन थालेकोले देउसी भैलो संगै पञ्चेबाजालाइ जोड्न थालेको देउसी भैलो युवा कलबका अध्यक्ष ज्योती दमाईले जानकारी दिए।

उनका अनुसार दलित मात्र हैन गैरदलितले पनी हराउदै गइरहेको पञ्चेबाजाको संरक्षणमा देउसी तथा अन्य कार्याक्रम संचालन गरिनु पर्ने बताए । यो सन्देश हामिले आफैबाट सुरुवात गरी पञ्चेबाजा पोशाकमा सजिएर देउसी भैलो खेल्ने गरेको ज्योतीले बताए । देउसीबाट उठेको रकम पञ्चेबाजा संरक्षणको लागी बनेको कोषमा जम्मा गर्ने उदेश्यले आफुहरुले देउसी खेल्न सुरुवात गरेको उनको भनाई छ ।

उनका अनुसार पञ्चै बाजा पाँच बाजाहरूको समुह हो। यो बाजा नेपालको पहाडी भेक तथा भारतको सिक्किम तथा दार्जीलिङमा बजाइने गरिन्छ । पञ्चेबाजामा दमाहा, झ्याली, ट्याम्को, ढोलकी र सहनाई पर्दछन् । पन्चे बाजा, नेपाली धार्मिक एबम् साँस्कृतिक बाजाको रुपमा प्रयोग हुदै आएको मौलिक संस्कृतिको धरोहर हो। घरदैलोमा पञ्चेबाजासहित देउसी टोली पुग्दा स्थानीय उत्साहित हुने गरेका छन् ।

’यो बाजा विवाह, व्रतवन्ध, चाडबाड, जात्रा, रोपाईं, पूजाआजा धार्मिक तथा सामाजिक उत्सवको बेलामा बजाउने गरिएको दलित समुदायका अगुवा रमेश नेपालीले बताए । उनले थपे,‘अहिले देउसी भैलोमा पनि पञ्चेबाजा बजाउन थालिएको छ । यो निकै राम्रो पक्ष हो। यसले पञ्चेबाजा संरक्षणमा दलित तथा गैरदलितलाइ जिम्मेवार बनाउने देखिन्छ ।’

नेपाली संस्कृतिमा कुनै ठूलो कार्य गर्दा साईतको महत्व हुन्छ । त्यस्ता साईतहरूमा मंगल धुन बजाएर साईतलाई शुभ बनाउने चलन छ । मंगल धुन बजाउनको लागि पञ्चेबाजा सबैभन्दा प्रचलित बाजा हो । यो बाजाको संरक्षण गर्नु अहिलेको अपरिहार्यता पनि हो। यो पटकको देउसी भैलोले संरक्षणको संकेत गर्छ ।

परम्परागत रूपमा नेपालका दमाई समुदायले मात्र यो बाजा बजाउने चलन थियो । हाल गैरदलित पनि बजाउन थालेका छन्। यो शुभ संकेत हो। यो कार्यले पञ्चेबाजाले केही हद सम्म व्यवसायीकता पाउने देखिएको छ पञ्चेबाजाको आफ्नै प्रकारको शैली र महत्व भएपनि पछिल्लो पुस्ता आधुनिकता तिर केन्द्रित हुन थालेपछि समस्या उत्पन्न भएकोले, अगुवा नेपालीले भने,‘पञ्चेबाजा प्रति पछिल्लो पिढिलाइ जिम्मेवार बनाउन पहल थालिएको छ। ’

पश्चिमा संस्कृतिको प्रभावले लोप हुने अवस्थामा पुगेको मौलिक पञ्चेबाजा जोगाउन यहाँका युवा जुटेका हुन्। पछिल्लो समय आधुनिकतासँगै पश्चिमा संस्कृतिको प्रभावका कारण गाउँघरमा पञ्चेबाजा बजाउने मानिस नै भेटिन छाडेका छन्, उनले भने, ‘अब देउसी भैलोमा समेत पञ्चेबाजाको प्रयोग गर्न थालेका छौँ। ’६० को दशकअघि कर्णालीका हरेक शुभकार्यमा पञ्चेबाजा बजाउने गरिन्थ्यो । तर, विकाससँगै कर्णालीमा अहिले आयातीत बाजाले प्रश्रय पाउँदै जाँदा यो बाजा लोप हुन थालेको छ।

बाजा बजाउन १२ देखि १८ जनासम्मको समूहमा मिलेर बजाउने गर्छन। मौलिक बाजा र संस्कृतिको जगेर्ना गर्न सबैले यसप्रति चासो देखाउनुपर्छ । पञ्चेबाजा बजाउनेलाई सम्मान नहुने भएकाले यस क्षेत्रबाट पुराना कलाकार विस्थापित भइरहेको भन्दै आगामी दिनमा कलाकार सम्मानित हुने कार्यमा अग्रसर हुने युवाहरु बताउँछन् ।

कालिकोटमा बिगतका जस्तो देउसी भैलो खेल्नेको रौनकता भने हराउदै आएको छ । जिल्लामा धर्ति फाउण्डेशन नेपाल लगायतले सन्देश मुलक रुपमा देउसी खेलिरहेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 1 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सरकारको आयुवारे प्रधानमन्त्री ओली किन सशंकित ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखरामा एकीकृत समाजवादी ७ सय मतान्तरले अगाडी