धिमे सिक्न जाँदा सृष्टीलाई जुरेको मखँ त्वाः या ग्वाः

काठमाडौं । मिस नेपालको उपाधि जितेपछि मोडलिङ सक्रिय रहेकै बेला सृष्टी श्रेष्ठले अनमोल केसीसँग चलचित्र गाजलुबाट नायिकाको रुपमा नेपाली चलचित्रमा डेब्यु गरेकी थिईन् । यो चलचित्रमा उनले पूर्व कुमारी तथा नेवारी युवतीको भूमिका निर्वाह गरेकी थिईन् । यिनै अभिनेत्रीले गाजलुमा अभिनय गरेका ९ वर्षपछि नेपाल (नेवारी) भाषाको गीतको भिडियोमा मोडलिङ गरेकी छिन् ।

अभिनेत्री सृष्टीले यसपटक गायक रोजमान महर्जन र गायिका निशा देशारको स्वरमा रहेको नेपाल भाषाको गीत मखँ त्वाः या ग्वाः मा अभिनय गरेकी हुन् । तीन साता अघि गायक रोजमानकै अफिसियल यु्ट्युव च्यानलमा रिलिज भएको यो भिडियोलाई हालसम्म १३ लाख पटक दर्शकले हेरिसकेका छन् ।

आसुतोष बाहारीले निर्देशन गरेको यो गीतको भिडियोमा अभिनेत्री सृष्टीसँगै मनोज महर्जन, जेनिश शाक्य, अर्पण तामाङ, नितेश तण्डुकार, किमसन महर्जन, इरा महर्जन, संजना महर्जन, आतुषोत बाहारीलगायतको अभिनय छ ।

रोजमान र निशाको यो गीत नेवारी समुदायमा यतिबेला निकै लोकप्रिय छ । आफु जहाँ जाँदापनि नेवार समुदायका दर्शकले यो गीतमा आफ्नो अभिनयको खुलेर प्रसँसा गरिरहेको सृष्टीले बताईन् ।

गायक, संगीतकार तथा गीतकार रोजमानको शिष्यसमेत रहेकी अभिनेत्री सृष्टीले गुरुदक्षिणा स्वरुप यो गीतको भिडियोमा अभिनय गरेको राजधानीलाई खुलाईन् । हालै छायाँकन भएको एउटा नेपाली चलचित्रमा सृष्टीले नेवारी युवतीको भूमिका निभाएकी छिन् । जसमा उनी धिमेबादक हुन्छिन् । यही धिमेबादन सिक्ने क्रममा सृष्टीले रोजमानलाई भेटेकी रहिछन्,‘बाद्यबादन र संगीत सिकाउँदै आउनु भएको रोजमान सरले मलाई पनि तीन हप्ता धिमेबाजा बजाउन सिकाउनु भयो । उहाँसँगको भेटमा मैले नेवारी भाषा पनि धेरै नै बोल्न सिकेँ ।’ उनले अगाडि थपिन्,‘सोही क्रममा रोजमान सर र निशा देसार म्यामले मलाई नेपाल भाषाको यो गीतमा मोडलिङको लागि प्रस्ताव राख्नु भयो । मैले पनि आफ्नो अभिनयबाट गुरु दक्षिण दिन पाउँदा खुसी व्यक्त गर्दै काम गर्न तयार भएँ ।’

सृष्टीलाई यो गीतको भिडियोको अबधारण नै पहिलो मन प¥यो । ३० वर्ष अघिको परिवेश, त्यतिवेलाको रहनसहन संस्कृतिमा आधारित रहेर यो गीतको भिडियो बनाईएको छ । यो गीतको भिडियाको छायाँकन गर्न मात्रै तीन दिन लागेको थियो । छायाँकन र भिडियोको अनुभव सुनाउँदै सृष्टीले भनिन्,‘३० वर्ष अघिको परिवेशमा भिडियो बनाउने उहाँहरुको कन्सेप्ट नै मलाई साह्रै रमाईलो लाग्यो । जव म छायाँकनको लागि सेटमा पुगेँ । त्यहाँको सबै परिवेश ३० वर्ष अघिको देखेर मलाई त साह्रै आनन्द आयो ।’ भिडियोमा नेवार समुदायका एक से एक कलाकारहरु राखिएकाले पनि काम गर्न निक्कै सजिलो भएको यी अभिनेत्रीले बताईन् ।

तनहुँको बन्दीपुरमा जन्मिएर नारायणघाटमा हुर्किएकी अभिनेत्री सृष्टीलाई नेवारी भाषा यसअघि आउँदैन थियो । यसपटक रोजमानको सँगतले उनले नेवारी भाषा त सिकिन नै । संगीत सम्बन्धि पनि धेरै ज्ञान लिईन् । यो गीतको म्युजिक भिडियो छायाँकनका क्रममा अरु कलाकारहरुले पनि उनलाई नेवारी भाषा सिकाए,‘मेरोलाई यो म्युजिक भिडियो यति धेरै उपयोगी भयो की मैले नेवारी भाषासँगै हामी नेवारको संस्कार र संस्कृतिहरुलाई अझ नजिकबाट हेर्न बुझ्न र सिक्न पाएँ । यस्तो सांस्कृतिक म्युजिक भिडियोमा आउँदा दिनमा पनि रोजमानसरसँग काम गर्ने मेरो चाहना छ ।’

रोजमानकै शब्द र संगीतसमेत रहेका मखँ त्वाः या ग्वाः गीत’bout अभिनेत्री सृष्टीले भनिन्,‘रोजमान सर र निशा म्याम नेपाल भाषाको लोकप्रिय गायक गायिका हुनुहुन्छ । नेपाल भाषा त्यति राम्ररी नबुझे पनि यो गीत मलाई अत्तिनै मन प¥यो र श्रोताबाट पनि गीतको त्यत्तिकै तारिफ सुनिरहेको छु ।’ कर्णप्रिय गीतको भिडियोलाई दर्शकले यतिबेला त्यत्तिकै प्रसँसा गरेकोमा यी अभिनेत्रीले खुसी व्यक्त गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 92 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

फैसलाको पूर्ण पाठ आएपछि अदालतमा उपस्थित हुन्छु: दीपक मनाङे

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरको शुक्लाफांटामा प्रमुख एमाले उपप्रमुख काङ्ग्रेस निर्वाचित