काठमाडौं । नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीहरूको दोस्रो महान चाड तिहारको अवसर पारेर ‘लक्ष्मी थिम’मा आकर्षक फोटो सुट गरेको छ ।
विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘लक्ष्मी थिम’मा फोटो सुट गरेको हो । नेपालको मौलिक संस्कृति झल्किनेगरी धनकी देवी लक्ष्मी माताको स्वरुपमा फोटो सुट गरिएको र सो कार्यलाई सबैले प्रसंशा गरेको वरिष्ठ सौन्दर्यविद् एवम् फेसियल हाउसकी प्रबन्ध निर्देशक सुष्मा महराले बताइन् ।
नेपालको मौलिकपन झल्काउँदै डालोबाट पैसा झार्दै पाथीमा पैसा राखी शङ्ख र कमलको फूलसहितका सामग्रीहरूका साथ सुनैसुनको लक्ष्मीको जीवित स्वरुप निर्माण गरी फोटो सुट गरिएको जानकारी उनले दिइन् । यो फोटो सुटबाट तिहारको मौलिक विशेषता र महत्व झल्काउने उनको भनाइ छ । साथै, उनले शुभ दीपावली, नेपाल सम्वत् ११४५ र छठ पर्वका अवसरमा सबैलाई शुभकामना व्यक्त गर्दै ‘सबैको घरमा लक्ष्मीले बास गरुन्’ भन्दै लक्ष्मीसँग बरदान समेत मागेकी छिन् ।
यो फोटो सुटमा मोडल समीक्षा राउतलाई फिचर गरिएको छ भने मेकअप र हेयर स्टाइल फेसियल हाउसले गरेको छ । यस्तै, कुबेर फोटोग्राफीमार्फत छायाङ्कन गरिएको तस्बिरहरूको स्टाइलिस्टमा कुसुम पदम श्रेष्ठ छन् । फोटो सुटमा राधाको बर्न सर्भाइबर संस्थाले उत्पादन गरेको मैनबत्तीहरू प्रयोग गरिएको छ । राधाको बर्न सर्भाइबरमा आगोबाट जलेका र तातोपानीबाट छाला बिग्रिएका तथा घरेलु हिंसाबाट पीडित भइ छाला गुमाएकाहरूको संलग्नता छ । उनीहरूको हातबाट उत्पादन भएका मैनबत्तीहरू प्रयोग गर्न पाएकोमा आफूलाई अत्यन्तै खुसी लागेको प्रबन्ध निर्देशक महराले बताइन् ।
‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १६ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस महिला तथा पुरुषका लागि नेपालकै नम्बर वान ब्युटी सलुनका रूपमा चर्चित छ । महिला तथा पुरुषहरूलाई रोजगार र स्वरोजगार बनाउने उद्देश्यका साथ ब्युटी एकेडेमी पनि सञ्चालन गर्दै आएको फेसियल हाउसले नेपालको नम्बर वान ब्युटी सैलुनको अवार्ड समेत पाइसकेको छ ।
काठमाडौं मलको चौथो तलामा प्रमुख कार्यालय रहेको फेसियल हाउसले काठमाडौंकै चाबहिलस्थित केएल टावर, पोखरा, सुर्खेत, धनगढी, चितवन र नेपालगञ्जमा शाखासहित सेवा विस्तार गरेको छ भने अन्य केही सहरमा फेसियल हाउसको ब्राण्डमा सेवा प्रवाह भइरहेको छ । सौन्दर्यसम्बन्धी सेवामा मात्र सीमित नभई फेसियल हाउसले फेसियल हाउस अफ कस्मेटिक, फेसियल हाउस ब्युटी एकेडेमी र फेसियल हाउस इन्टरटेन्मेन्टबाट पनि आफूलाई विस्तारित र बहुआयामिक बनाउँदै लगेको छ ।
यसैगरी, फेसियल हाउसले ब्युटीसम्बन्धी तालिम दिनाका साथै हेयर, फेससम्बन्धी समस्या, मेकअप, माइक्रोब्लेडिङ, हेयर एक्सटेन्सन जस्ता थुपै सेवा दिँदै आएको छ । नेपालमा नयाँ सौन्दर्य प्रविधिहरू भित्र्याएर सेवालाई उत्कृष्ट बनाउँदै आएको फेसियल हाउसले हेयर, ब्युटी र स्किन केयरसँगै कृत्रिम परेला प्रत्यारोपण, डेडलक जस्ता नयाँ पुस्तामा प्रचलित थुप्रै गुणस्तरीय सेवाहरू दिँदै आएको छ ।
यस्तै, हङकङको प्रडक्टबाट फेसियल सेवा प्रदान गर्दै आइरहेको फेसियल हाउसले फेसनेबल कलरहरू प्रयोग गर्ने गरेको र चायाँपोतोको उपचार पनि सरल विधिबाट गर्दै आइरहेको प्रबन्ध निर्देशक महराले जानकारी दिइन् ।