फस्टायो तिहारसँगै पाल्पाली ढाकाको व्यापार

पाल्पा । तिहारमा सप्तरंगी टिकासंगै पाल्पाली ढाका टोपी र सामग्री उपहार दिने चलन बढेसँगै ढाकाको व्यापार उकालो लागेको छ । तिहारमा दिदी, बहिनी र दाजुभाईले एक आपसमा ढाका सामग्री उपहार दिने पाल्पासँगै अन्य जिल्लामा पनि बढ्दो माग छ ।

तिहारमा धेरै टोपीको माग हुने गर्दछ । तिहारमा उपहार र जाडो मौसममा न्यानो कपडा हुने भएकाले ढाकाको सामग्रीको माग बढेको छ । ढाका टोपी र ढाका सामग्री दिने परम्परा नै बनेको ग्राहक बिष्णु रायमाझीले बताए ।

विगतमा ढाकाको टोपी, पछ्यौरा र सारी जस्ता सामाग्री उत्पादन भएपनि पछिल्लो समयमा आस्कोट, टाई, दौरा सुरुवाल, दुलाहाको पहिरन, सल, मनि पर्स, ब्याग, मोवाईल ब्याग जस्ता सरसमान उत्पादन भएपछि सबैको रोजाई पाल्पाली ढाका बनेको हो ।

हाते तानबाट बुनेका टोपी र ढाका कपडाको माग बढी छ । दशै तिहारको समयमा आन्तरिक पर्यटकहरुले पाल्पाली चिनोको रुपमा ढाका सरसमान खरिद गर्ने भएकाले पनि व्यापार बढेको छ । दशैसंगै तिहार जस्ता पर्वले ढाका कपडाको व्यापार बढेको पाल्पा ढाका संघका सचिव मनोज पौडेलले बताए ।

पाल्पामा साना ठुला गरी ४० वटा ढाका कपडा उद्योग रहेका छन् । पाल्पाली ढाका कपडा उद्योगबाट करिब १ हजार महिला रोजगारी पाएका छन् । जिल्लामा ढाका कपडाको करोडौको कारोवार हुने गरेको छ ।

पाल्पामा २०१५ सालमा स्वः गणेशमान मर्हजनले एउटा तानबाट ढाका कपडा उत्पादन शुरु गरेका थिए । ढाका कपडा मागले बुन्ने कला र श्रम दुवैको संरक्षण भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 58 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्थानीय निर्वाचन : गुल्मीमा उम्मेद्वार छनोट गर्दै दल