हङकङ सिक्सेसः नेपालद्वारा अष्ट्रेलिया पराजित

नेपालले हङकङ सिक्सेसको दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । हङकङमा जारी २०औं हङकङ सिक्सेसमा अष्ट्रेलियामाथि ११ रनले जित निकालेको हो ।

अष्ट्रेलियाले टस जितेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ६ ओभरमा १ सय ११ रन बनाएको थियो । १ सय १२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ६ ओभरमा पाँच विकेट गुमाएर १ सय रन मात्र बनाउँदा नेपाल ११ रनले बिजयी भएको हो ।

खेलमा नेपालका क्याप्टेन सन्दिप जोराले ५१ रन बनाउँदा लोकेश बमले ३३ रन बनाए । त्यसैगरी विवेक यादव र रसिद खानले समान १२ रन बनाए ।

म्यान अफ द म्याच प्रतिश जिसीले २ ओभरमा २४ रन दिएर तीन विकेट लिन सफल भएका थिए । यो जीतसँग नेपालले क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

यसअघि हिजो भएको पहिलो खेलमा नेपालले इङ्ग्ल्याण्डलाई पराजित गरेका थियो । यस खेलमा जित हात पारेको नेपालले आजै १:३५ मा हुने क्वाटरफाइनल खेल्नेछ ।

तपाइको प्रतिक्रिया
(Visited 103 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा