राउत क्षत्री सेवा समाजको शुभकामना आदान प्रदान

काठमाडौं । राउत क्षत्री सेवा समाज नेपालले आयोजना गरेको २०८१ सालको दिपावलीको शुभकामना आदान प्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ । समाजका केन्द्रीय अध्यक्ष अस्मिनकुमार राउतको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि पूर्वसांसद विष्णुबहादुर राउत रहेका थिए ।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा समाजको केन्द्रीय कार्यालय भवन निर्माणार्थ जग्गा दान गर्ने समाजका संरक्षक समेत रहेका हरिबहादुर राउत र सह–संरक्षक तथा समाजसेवी अभिमन्यू राउतको उपस्थिति रहेको थियो । त्यसैगरी कार्यक्रममा विभिन्न क्षेत्रका प्रबुद्ध राउत बन्धुहरु अतिथिका रुपमा उपस्थित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वसांसद विष्णुबहादुर राउतले सदियौंदेखि चलिआएको चलन र हिन्दुहरुको महान पर्व मध्येको एक दिपावलीको अवसरमा खेलिने देउसी भैलो तथा सांस्कृतिक कार्यक्रमलाई समाजले पनि निरन्तरता दिइरहेको भन्दै खुशी व्यक्त गरे । उनले यस पर्वलाई भाइबन्धुबीच आत्मियता बाँड्ने पर्वको रुपमा समेत लिन सबैलाई आग्रह गर्दै शुभकामना दिएका थिए ।

कार्यक्रममा उपस्थित विशिष्ठ अतिथि तथा अतिथिहरुले शुभकामना व्यक्त गर्दै कार्यक्रमको पूर्ण सफलताको लागि कामना गरेका थिए ।

काठमाडौंको जडिबुटीमा रहेको रोयल जडिबुटी पार्टी प्यालेमा भएको उक्त कार्यक्रममा देउसी भैलो खेल्नुका साथै कलाकारहरुले उत्कृष्ट नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा विभिन्न जिल्लाबाट आई काठमाडौंमा बस्ने राउत बन्धुहरुको उपस्थिति रहेको छ ।

राउत बन्धुका अफ्ठ्यारा र प्रोत्साहनमुलक कार्यमा योगदान पु¥याउने उद्देश्यसहित स्थापना गरिएको अक्षय कोषमा थप रकम जम्मा गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको थियो । उक्त विशुद्ध कार्यका लागि उपस्थित बन्धुहरुले सक्दो सहयोग गरेका थिए ।

समाज देश विदेशमा रहेका तीन लाख बढी बशिष्ठ गोत्रिय राउतहरुको केन्द्रीय छाता संस्था हो । समाजले विभिन्न अवसरहरुमा यस्ता कार्यक्रमको आयोजना गर्दै आएको छ ।

काठमाडौंको आरुवारीमा आफ्नै सुविधा सम्पन्न भवनमा समाजको केन्द्रीय कार्यालय रहेको छ । समाजले दर्जनको हाराहारीमा जिल्ला समाज गठन गरिसकेको छ भने केही जिल्ला समाज विस्तार गर्ने क्रममा रहेको छ ।

रोयल जडिबुटी पार्टी प्यालेस जडिबुटी, काठमाडौंमा भएको कार्यक्रममा समाजका उपाध्यक्ष मेघबहादर राउतले स्वागत मन्तव्य ब्यक्त गर्नुभएका कार्यक्रमको सञ्चालन समाजका महासचिव इराजकुमार राउतले गरेका थिए ।

यसैबीच सिन्धुली–काठमाडौं राउत क्षत्री सम्पर्क समाजले पनि काठमाडौंमा देउसी भैलो कार्यक्रमको आयोजना ग-यो । सिन्धुलीबाट काठमाडौं आई बसोवास गर्ने राउत बन्धुहरुको उक्त छाता संस्थाले पनि सांस्कृतिक कार्यक्रमका साथ देउसी भैलो खेलेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादी गठबन्धनका उम्मेदवार विजयी