पुजारी र कर्मकाण्ड विनै हुने छठपर्वको तयारी तीब्र

सप्तरी । लोक आस्थाको महान पर्व छठ धुमधाम साथ मनाउन सप्तरीका हिन्दु धर्माबलम्बी भक्तजन उत्साह पुर्वक जुटेका छन् । यस क्रममा जिल्लाबासी विभिन्न ताल तलाउ, नदी, खोला र पोखरीलाई सफा गरी पुजा घाट बनाउने र सिंगार्न व्यस्त भएका छन् ।

भक्तजनले सदरमुकाम राजविराजको भगवती, कल्टु, पुणीं, शिव र तुरन्ती लगायतका पोखरीलाई सरसफाई र सजावट गर्न थालेका हुन् । प्रदुषित पानीमा नभई स्वच्छ र सफा पानीमा ओर्लेर भक्तजन छठपर्वमा सूर्य देवताको पुजा गर्न सकोस भन्ने उद्देश्यका साथ नगरका पोखरीहरुको सरसफाई अभियानकै रुपमा अघि बढाइएको राजविराज नगरपालिकाका वडा सदस्य रमानन्द देवको भनाई छ ।

सूर्यको अराधना गरी मनाईने छठ पर्व यस पल्ट कार्तिक २२ गते विहिबार कार्तिक शुक्ल षष्ठीको दिन परेको छ । पण्डित रुपकान्त मिश्रका अनुसार ४ दिवसिय छठपर्व अन्तर्गत यस पल्ट कार्तिक २० गते मंगलबार नहाई खाय, कार्तिक २१ गते बुधबार खरना, कार्तिक २२ गते बिहिबार सँझियाघाट (अस्ताउदो सूर्यलाई अर्ध) र कार्तिक २३ गते शुक्रबार विहानको उदाउदो सूर्यलाई अर्ध दिएर छठपर्व सम्पन्न हुने छ ।

उनले छठ एउटा मात्र यस्तो पर्व भएको जसमा न त कुनै कर्मकाण्ड न त कुनै पण्डितको आवश्यकता पर्ने बताए ।

यता छठ पर्वमा पुजा र प्रसाद सामग्रीमा प्रयोग हुने सरसमान खरिद गर्नेको बजारमा भिड बढदै भएको छ। स्थानीय यतिबेला छठ पुजाघाट बनाउनुका साथै पुजा सामग्री खरिदमा जुटेका छन् । बजार अहिले छठ पुजाका सामग्रीले भरि भराउ छ । ठाउँठाउँमा अस्थायी पसल थापेर छठ पुजाका सामग्री बिक्री भई रहेका छन् ।

तराई मधेशमा विशेष गरी महिलाहरुले आफनो परिवार र सन्ततिको शुखसमृद्घिको कामना गर्दै छठ पुजा मनाउने गर्छन ।

तपाइको प्रतिक्रिया
(Visited 82 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यातायात कार्यालय धनगढीमा निरोगिताको प्रमाणपत्रमार्फत अवैध असुली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौँडा १ नम्बर वडामा कांग्रेसबाट न्याैपाने विजयी