सर्लाही । सर्लाही बरहथवा नगरपालिकामा पर्खाल लडी पुरिदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । वडा नं ७ गोपाल सेवा समितिस्थित राजनारायण साहको निर्माणाधीन पक्की घरमा काम गर्ने कामदारमाथि पर्खाल लडेर पुरिदा बसवरीया गा.पा. वडा न. ३ बंगलवा बस्ने होरिलाल माझीको छोरा अन्दाजी वर्ष १७ को रविन माझीको मृत्यु भएको छ।
उनको भेनस अस्पताल बरहथवा सर्लाहीमा उपचारको क्रममा मृत्यु प्रहरीले जनाएको छ।
त्यस्तै सोही घटनामा परी बसवरीया वसबरीया गाउँपालिका वडा न. ३ बसवरीया क्याम स्थित बस्ने सिताराम महतोको छोरा १९ को बिकासकुमार महतोको छाती र पिठियुमा चोट लागेको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।
तपाइको प्रतिक्रिया
(Visited 48 times, 1 visits today)