एमाले परित्याग गरी नेताहरु आजपामा प्रवेश

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी नेताहरु आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टीमा प्रवेश गराउदै आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले पार्टीको विधि, पद्धति, सिद्धान्त, बिचार अनुसार मुलुक निर्माणको अभियानमा जुटन आग्रह गर्दै पार्टीमा स्वागत गरेका छन् ।

रौतहटमा आयोजित एक कार्यक्रमका बीचमा उनीहरु एमाले परित्याग गरी आजपामा प्रवेश गरेका हुन् । रौतहटको बामपन्थी नेता एवं एमाले गुजरा नगरकमिटीका उपाध्यक्ष शेख इजहार आलम, एमाले सप्तरी जिल्ला नेता प्रभुनारायण यादव, महोत्तरी जिल्ला निवासी समाजसेवी एवं व्यवसायी शंकर श्रेष्ठ लगायतका आजपामा प्रवेश गरेका हुन् ।

श्रेष्ठ समाजसेवीका साथै नेपाल मानव अधिकार संगठनको मधेस प्रदेश प्रमुख एवं केन्द्रीय सदस्य समेत हुन् । समाजसेवा एवं मुलुक निर्माणमा निरन्तर लागेका नवप्रवेशी नेताहरुले आजपा पार्टी निर्माण र पार्टीको बिचार, सिद्धान्तको पालना गर्दै संगठन विस्तारको अभियानमा जुटने प्रतिबद्धता व्यक्त गरेका छन् ।

अहिले व्यवस्थाले मुलुक र समाजको निर्माण नहुने बताउँदै आजपा अध्यक्ष साहले आम जनताको शासन व्यवस्थामा सहभागिताका लागि हुने तेस्रो जनआन्दोलनको तयारीमा जुट्न निर्देशन दिएका छन् । अहिलेको भ्रष्ट एवं लुटकारी दलाल दलतन्त्रका बिरुद्धमा आम जनता सडकमा आउन तयार रहेको बताउदै उनले संगठन निर्माण गर्दै आम जनताको हकअधिकारका लागि जुटनुपर्ने बताए ।

पार्टी प्रवेश कार्यक्रममा आजपाका वरिष्ठ उपाध्यक्ष उपेन्द्र साह, उपाध्यक्ष बिल्टु यादव, केन्द्रीय सदस्य इन्जिनियर प्रमोद राणा शाह लगायतको विशेष सहभागिता रहेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 212 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

साउदीमा ‘हुरुब’ लागेका नेपाली कामदारले नयाँ कम्पनीमा जान पाउने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जनकपुरमा स्वतन्त्र उम्मेदवारको पल्ला भारी