लमजुङ । लमजुङमा मानसिक सन्तुलन गुमाएकी २२ वर्षीया युवतीलाई करणी गरेको आरोप लागेका एक व्यक्तिलाई उन्मुक्ति दिइएको छ । आरोपित व्यक्तिविरुद्ध यथेष्ट प्रमाण हुँदाहुँदै घटनाको डेढ महिना बित्दा पनि नपक्रेकोमा पीडित पक्ष आक्रोशित भएका छन् ।
लमजुङको सुन्दरबजार नगरपालिका– ३ की सबिना थापा (नाम परिवर्तित) गत असोज ६ गते राति बलात्कृत भएकी हुन् । सो घट्नाका दोषिलाई पक्राउ नगरेकोमा पीडित पक्षले आक्रोशसहित दुःख व्यक्त गरेका छन् ।
घट्नास्थलमा अभियुक्तलले लगाएर गएको बुटजुत्ता र साथमा लिएर गएको हसियाँ समेत फेला परी प्रहरीले लगेको तर आजका दिनसम्म कसैलाई पक्राउ नगरेको हुँदा आफूहरूले न्याय पाउने आशा मर्दै गएको पीडित पक्षको गुनासो छ ।
त्यो मान्छे भाग्दै गरेको आफ्नो आमाले समेत देखेको पीडिक युवतीकी दिदीले बताएकी छन् । उनका अनुसार त्यो दिनमा ठूलो पानी परेको हुँदा त्यो मान्छेलाई जुकाले टोकेर बगेको रगत कोठाको खाट नजिक चुहिएको रगतको थोपा समेत प्रहरीले संकलन गरेर लगेको थियो, तर त्यसको रिपोर्ट ’boutमा आजसम्म पनि जानकारी दिइएको छैन । उनले आक्रोशित हुँदै प्रतिप्रश्न गर्दै भनिन्, ‘ल्यावको रिपोर्ट आउन पनि डेढ महिना लाग्छ ? यो हामीलाई अल्मल्याउने खेल हो ।’
उनले भनिन्, ‘जाहेरी दिन म आफै जिल्ला प्रहरी कार्यालयमा गएकी थिएँ । दर्ता गरे नगरेको थाहा भएन । अनुहार नचिनेको हुनाले किटनी जाहेरी दिन सकिन तर त्यो मान्छेको पहिचान गर्न प्रहरीले चाहेमा प्रशस्त प्रमाण छन् ।’ त्यो मान्छेले हाम्रो घरमा बैनीलाई हातपात गरेर गएको करिब आधा घण्टामा धु्रव खनियाको बुबाको चप्पल हराएको छ, त्यो चप्पल त्यही मान्छेले लगाएर गएको भन्ने छ ।
पोखरी टाउकामा रहेको मेरो ठूलो आमाकोसमेत तीन घरमा बहिरबाट ढोकामा छेस्किन लगाएको छ । केही तल गएर एउटा घरमा चोरेर लगाएको चप्पलसँगै भेटिएको छ उनले भनिन् । उनका अनुसार त्यो मान्छेले लगाएको चप्पल देखिने गरी खिचेको फोटो समेत तपाईलाई पठाएको छु, (फोटो सुरक्षित छ ।) त्यो चप्पल ध्रुव सर(संस्कृति सदन माविका शिक्षक)का बुबाको हो भन्ने समेत किटान भएको हो तर पनि प्रहरीले दोषिलाई किन पक्राउ गरेको छैन ? आक्रोशपूर्ण शैलीमा पीडित युवतीकी दिदीले भनिन् । उनले गुनासो शैलीमा थप भनिन्, ‘मेरो बा– आमा अनपढ, खेतीपाती गर्ने मान्छेलाई १२, २७ कुरा गर्न आउन्न र बुझ्नु पनि हुन्न, हामी निमुखा भएका छौं, हाम्रो पक्षमा बोलिदिने दह्रो मान्छे नभएकै कारणले आजसम्म न्याय नपाएको र अब त पाइन्न की ! जस्तो लाग्न थालेको छ ।’
म त विवाह गरेर घरमा तनहुँ भानु नगरपालिका– १० को चोकचिसापानीमा बस्छु, सधैं बेसीशहर धाइरहने फुर्सद पनि हुँदैन, घर पनि हेर्नु प¥यो । प्रहरीको खबर आउला र जाउला भनेको अझै पनि अत्तोपत्तो भएन उनले गुनासो शैलीमा भनिन् । बैनीले मानसिक सन्तुलन गुमाएको ९– १० वर्ष भयो, डिप्रेशनको औषधि खुवाइरहेका छौं, बेलाबेलामा जाच्न काठमाडौंमा लग्नु पर्छ उनले बताइन् ।
पीडितकी दिदीले जोड दिदै भनिन्, ‘त्यो मान्छेलाई त्यत्तिकै छाड्यो भने फेरि फेरि पनि थप घट्ना घटाउछ त्यसैले पनि उस्लाई सजाय हुनै पर्छ ।’ उनका अनुसार हाम्रो परिवारको सुरक्षाको ग्यारेन्टी हुने हो भने हामी थप प्रमाण पनि भन्न तयार छौं । ‘तर खेती किसानी गर्दा रातबेरात एक्लै पनि हिड्नु पर्ने हुन्छ, त्यो बेलामा गुण्डाहरूको भर हुँदैन नानी ! भनेर बुबाले रोकेको कारणले मैले किटानी जोहरी दिन नसकेकी हुन् ।’ पीडितकी दिदी भन्छिन् । प्रहरीले हामीलाई न्याय दिन चाहेमा प्रमाण जत्ति पनि छ उनले उल्लेख गरिन् ।
‘त्यो राती त्यस्तो विरामी अवस्थाकी मेरो बैनी, आमा भएको ठाउँमा आउदा नाङ्गै थिइ आमाले भन्नुभएको छ तर पुलिसले रेब गरेको देखिएन र पोखरामा थप जाँचका लागि पठाएको छ, भनेको छ’, पीडित युवतीको दिदीले भनिन्, ‘फोन गर्दा पनि प्रहरीले के के भन्छन् अब त फोन गर्न पनि डर डर पो लाग्न थालेको छ ।’
यस घट्नाका ’boutमा बुझ्न जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्दा घटना लगत्तै चाडबाडले छोप्यो, हामी यतै व्यक्त भयौं, चाडबाड सकिएपछि पुनः त्यो घट्नालाई नयाँ सिराबाट अनुसन्धान थाल्छौं प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक निशान श्रीवास्तावले बताए । उनले भने ‘म नयाँ आएको भन्ने थाहै छ, रगत त हाम्रो टोलीले ल्याएको थाहा छैन भन्छ ।’
यस’boutमा जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्दा मेरो जानकारीमा त आएन ! प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । उनलाई झप्ली खोलामा बस पुरेको दिनको घट्ना हो नि ? ‘डिएसपि नयाँ भएर हो कि म बुझ्छु ।’ उनले भने । ‘हाम्रो पक्षमा बोलिदिने दह्रो मान्छे भएन, हामीलाई पुलिसले टेरेन’ भन्ने पीडितपक्षको गुनासो छ, अपराधी समाउनका लागि पनि चाडबाडले छेक्छ र ? भन्ने थप जिज्ञासामा ‘त्यस्तो नहुनु पर्ने हो, मेले तत्कालै बुझ्ने काम गर्छु’ उनले भने ।