लमजुङ । लमजुङमा सञ्चालनको तयारीमा रहेको मस्र्याङ्दी गाउँपालिकाद्वारा गरिने दोस्रो मस्र्याङ्दी महोत्सव परम्परागत भन्दा भिन्न शैलीमा सञ्चालन हुने तयारी छ । आउँदो मंगलबारबाट शुरु हुने पाँच दिने सो महोत्सवको समापन मंसिर १ गते शनिबार गर्ने गरी तयारी गरिएको आयोजक गाउँपालिकाद्वारा आयोजना गरिएको पत्रकार भेटघाटका अवसरमा जानकारी दिइएको हो ।
मस्र्याङ्दी महोत्सवको उद्देश्य मस्र्याङ्दी गाउँपालिकाको पर्यटन प्रवद्र्धन, कला संस्कृतिको जगेर्ना–संरक्षण–पुस्तान्तरण, कृषि–पशु तथा स्थानीय उत्पादन वृद्धि र बजारीकरण, स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउँदै आय आर्जन वृद्धि गर्ने रहेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
उक्त महोत्सवको आकर्षण एवम् विशेषतामा एकादशीको दिनमा फूलको डोरी तार्ने, महशिकार, तातोपानी र स्थानीय खाना महोत्सव एवम् स्थानीय झरनाको अवलोकनका साथमा ग्रामीण पर्यटकीय गाउँमा पर्यटन प्याकेजको बिक्रीवितरण, स्थानीय तथा राष्ट्रिय कलाकारको प्रस्तुति रहने सो गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङले बताए ।
उनका अनुसार यही कार्तिक २७ गते देखि मङ्सिर १ गते सम्म ५ दिने दोस्रो मस्र्याङ्दी महोत्सव आयोजना गर्न लागि रहेको र महोत्सवको सम्पूर्ण तयारीहरू अगाडि बढिरहेका समग्र गाउँपालिकाको पर्यटकीय स्थलहरूको प्रवद्र्धन–प्रचारप्रसार गर्नका निम्ति मस्र्याङ्दी महोत्सव आयोजना गरिएको हो । ‘महोत्सवमा २५ लाख बराबरको भिरमह विक्री गर्ने लक्ष्य छ ।’ उनले भने, ‘त्यो बाहेक स्थानीय कृषिका अर्गानिक उत्पादनहरूको बजार प्रवद्र्धनको काम हुनेछ । स्थानीय उत्पादनका स्टलहरू बसै ठाउँमा हुनेछन् ।’
अध्यक्ष गुरुङले भने, ‘महोत्सवबाट मस्र्याङ्दी गाउँपालिकाको पर्यटन प्रवद्र्धन र अर्थतन्त्रमा सहयोग पुग्ने आयोजकको विश्वास रहेकोछ । दोस्रो महोत्सवसम्म आईपुग्दा मस्र्याङ्दी गाउँपालिकाको पर्यटन विकास, उत्पादन र बजारीकरणले तुलनात्मक रुपमा विगतको वर्षहरू भन्दा केही उपलब्धिहरू हासिल गर्न सफल भएकोछ ।’ यो दोस्रो महोत्सवमा पालिकाको जे जति पर्यटकीय गन्तव्यहरू र कार्यक्रमहरू समावेश गर्न खोजिएकोछ पक्कै पनि अपार पर्यटकीय सम्भावना भएको र कला संस्कृतिको धनी यस गाउँपालिकाको सम्भावनाहरू सबैलाई यसले समेट्न सक्दैन ।
तसर्थ नियमित हुने यस मस्र्याङ्दी महोत्सवले आउने कार्यक्रमहरूमा क्रमशः पालिका भरका सबै गन्तव्यहरूलाई समेट्र्दै मस्र्याङ्दी गाउँपालिकालाई एक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गर्न सफल हुनेछ भन्ने विश्वास जागृत भएको बताउन चाहन्छु अध्यक्ष गुरुङले उल्लेख गरे ।
सो महोत्सव मस्र्याङ्दी गाउँपालिकाको गत असोज २ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णय अनुसार सो महोत्सव सञ्चालन गर्न लागिएको हो । महोत्सवमा पहिलो दुई दिन खुदी बजारमा मञ्च हुनेछ । त्यसपछि तेस्रो दिन कार्तिक २९ गते जगत तातोपानी महोत्सव हुने कार्यक्रम छ । मञ्च वडानं– ४ को जगतमा हुनेछ । चौथो दिन मह शिकार महोत्सवको कार्यक्रम हुने स्थान मस्र्याङ्दी गाउँपालिका– २, ४, ५ र ६ वडाहरूमा मञ्च रहने छन् ।
मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष गुरुङले भने ‘महोत्सव सफल पार्नका लागि १०१ सदस्यीय मूल समारोह समिति, तथा विभिन्न १३ उपसमिति गठन गरिएको छ ।’ सबैले आ– आफ्नो जिम्मेवारी अनुसार तयारीका काम गरिरहेका छन् पालिकाबाट तयारीको अनुगमन गर्ने, सल्लाह सुझाव दिने काम जारी रहेको छ अध्यक्ष गुरुङले जानकारी दिए ।
उनका अनुसार यघिका महोत्सवमा एकै स्थलमा मञ्च हुने र सबै गतिविधि सञ्चालन हुने गथ्यो, ऐले हामीले फरक प्रयोग गर्ने जमर्को थरेका छौं । प्रतिफल राम्रो आउँछ भन्ने लागेको छ उनले भने ।