काठमाडौं । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् ।
मन्त्रिपरिषद्बाट स्वीकृत नगरी जापान भ्रमणमा गएको विषयमा विवादमा तानिएपछि अधिकारीले आज राजीनामा दिएका हुन् । अधिकारी केही दिनअघि भ्रमण स्वीकृत नगरी जापान गएपछि विवादमा तानिएका थिए ।
मन्त्रीहरूले विदेश भ्रमणमा जाँदा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत परराष्ट्र मन्त्रालयको सहमति लिनुपर्ने र विदेश भ्रमणको सहमतिका लागि परराष्ट्र मन्त्रालयमा लेखिपठाउँदा प्रदेश मन्त्रिपरिषद्को निर्णय सहित पठाउनुपर्ने व्यवस्था छ । तर मन्त्री अधिकारी मन्त्रीपरिषद्को निर्णय विपरीत जापान पुगेका थिए । मन्त्री अधिकारीले राजीनामा दिएपछि सो मन्त्रालयमा एमालेले अर्की सांसद मिना श्रेष्ठलाई मन्त्री बनाउने तयारी गरेको बताइएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)
सम्बन्धित समाचार
लामिछाने पक्राउको पक्ष र विपक्षमा राजनीतिक दलहरु
सत्ता समीकरण दलहरुको बैठक अपराहन्न ३ बजे
रास्वपाको काठमाडौँ केन्द्रित प्रदर्शन शुरु
माओवादी केन्द्रको खबरदारी जुलुस सुरु
नेपाली जहाँ पुग्छ, त्यहाँ जागरणको बत्ति बाल्छ: प्रधानमन्त्री ओली
राज्यव्यवस्था समितिमा घोचपेच: विपक्षीको आरोप गृहमन्त्रीद्वारा अस्वीकार
‘रास्वपाका नेताहरुको बालुवाटारमा राति राति हारगुहार !’
बालुवाटारबाट पक्राउ परेका रास्वपाका कार्यकर्ता रिहा
बेल्जियमको राजदुतमा सिफारिस लम्सालको नाम समितिबाट अनुमोदित
माधव नेपाल भेनेजुयला प्रस्थान
प्रधानमन्त्री ओली अस्वस्थ
‘विपक्षी तर्साउने र ‘भ्रष्ट’ जोगाउने खेलमा सरकार’