Saturday, September 25, 2021
Your Ads Here
Homeप्रदेशप्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

प्रि–मनसुन सक्रिय : हावाहुरी र चट्याङको खतरा

,
sharethis

काठमाडौं । पश्चिमी र स्थानीय वायुको प्रभावले विगत केही दिनयतादेखि देशभर बदलीसँगै मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र प्रि–मनसुन सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षा भइरहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझपख मेघगर्जनसहित क्षणिक वर्षा हुने गर्छ ।

“अहिले प्रिमनसुनको साथै पश्चिमी वायुकोको प्रभाव रहेकाले बिहानैदेखि बदलीसहित वर्षा भएको हो”, मौसमविद् श्रेष्ठले भन्नुभयो । यस समयमा पश्चिमी वायुको प्रभाव स्थानीय वायुसँग जोडिँदा बलियो भएर चट्याङ पर्ने हुन्छ । उक्त मौसमी प्रणालीको प्रभाव अझै केही दिन कायम रहने बताइएको छ ।

हाल देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही पश्चिमी भू–भागमा आंशिक बदली रहेको छ । दिउँसो देशभर आङ्शिकदेखि सामान्य बदली रही देशको पहाडी भू–भागका धेरै जसो स्थानमा र मध्य र पूर्वी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । रातको समयमा देशभर आङ्शिकदेखि सामामन्य बदली रही पहाडी भू–भागका एक–दुई स्थानमा र पूर्वी तराईका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ

बिहीबार देशको पहाडी भू–भागका साथै मध्य र पश्चिमी तराईका केही स्थानमा अपराह्नपछि मेघगर्जन, चट्याङ, असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । वैशाख १२ गते शुक्रबार देशको मध्य र पूर्वी भू–भागको केही स्थानमा र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १२ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २४ दशमलव दुई डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम पाँच दशमलव पाँच डिग्री र सबैभन्दा बढी धनगढीको अधिकतम तापक्रम ३४ दशमलव पाँच डिग्री सेल्सियस छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

आजको समाचार

राष्ट्रपतिबाट बजेटसम्बन्धी विधेयक प्रमाणीकरण

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार चालू आर्थिक वर्षको बजेटसम्बन्धी विधेयक प्रमाणीकरण गरेकी छन् ।प्रमुख प्रतिपक्षी दल एमालेको नाराबाजीबीच बिहीबार प्रतिनिधिसभा र राष्ट्रिय सभामा...

दरबारबाट श्रीपेच चोर्न खोज्ने सेनाको नियन्त्रणमा

काठमाडौं । नारायणहिटी दरबार संङ्ग्रहालयमा राखिएको श्रीपेज निकाल्न खोज्ने एकजनालाई नेपाली सेनाले नियन्त्रणमा लिएको छ । सुरक्षामा खटिएका नेपाली सेनाले उनलाई पक्राउ गरेको हो। नारायणहिटी...

सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

काठमाडौं । अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने...

करिश्मादेखी शान्ता चाैधरी समेतले होम सेन्टरमै दिए कक्षा १२ को परीक्षा

काठमाडाैं ।  राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै भदौ ३० गतेदेखि होम सेन्टरबाट सञ्चालन गरेको कक्षा १२ को परीक्षा आजबाट सम्पन्न भएको छ ।...

स्यानीटरी प्याडमा भन्सार महशुल बढाएको छैन : अर्थमन्त्रालय

  काठमाडौँ । सरकारले स्यानीटरी प्याडको आयातमा भन्सार महशुल बढाएको भनी सामाजिक सञ्जाल र कतिपय संचारमाध्यममार्फत फैलाएको हल्लाप्रति ध्यानाकर्षण भएको जनाएको छ । अर्थमन्त्रीको सचिवालयले...

साताका लोकप्रिय समाचार

यी हुन् राष्ट्रपतिबाट पदक पाउने पत्रकार

  काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा पत्रकारितामा लागेर आ–आफ्नो क्षेत्रमा विशिष्ट योगदान पु-याउने वरिष्ठ पत्रकार तथा पत्रकारलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित...

प्रिमियर लिगमा चेल्सी र ला लिगामा रियाल म्याड्रिड शीर्षस्थानमा

लन्डन । प्रिमियर लिगमा चेल्सी शीर्ष स्थानमा उक्लिएको छ भने स्पेनिस प्रिमियरा लिगामा रियाल म्याड्रिडले शीर्ष स्थानमा पुगेको छ । टोटनह्याम हट्सपरलाई ३–० ले...

एमालेमा १५ बुँदे आचारसंहिता : सम्पत्ति विवरण नबुझाउने नेताकार्यकर्ता कारवाहीमा पर्ने

  काठमाडौ । नेकपा एमालेले पार्टीले माग गरेको अवस्थामा सम्पत्ति विवरण नबुझाउने नेता तथा कार्यकर्तालाई कारवाही गर्ने नीति प्रस्ताव गरेको छ । १५–१७ असोजमा आयोजना हुने प्रथम...

राजनीति, डाह र डर

डाह वा इष्र्या मानिसको एक सामान्य भावना हो । यो भावना हरेक मानिसमा कुनै न कुनै रूपमा विद्यमान हुने गर्छ । फरक यति हो,...

ट्रेन्डिङ

एनआरएनए निर्वाचन प्रकृया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित निर्देशन दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे...

कालीगण्डकीमा डुंगा दुर्घटना, १ बेपत्ता, ३ जनाको उद्दार

नवलपुर । पूर्वी नवलपरासीको बुलिङ्गटार गाउँपालिका ३ स्थित कालीगण्डकी नदीमा डुंगा दुर्घटना हुँदा १ जना वेपत्ता भएका छन् ।
२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   एमाले छाड्ने प्रभु साहकाे संकेत : क्रान्तिकारीहरुको ध्रुवीकरण हुँदैछ
डुंगा चालक सहित ५ जना सवार...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 201 times, 1 visits today)