कम्बोडियाको अनुभव बोकेर फर्किएका दीपेन्द्र गौचन

काठमाडौं । नेपाली चलचित्र उधोगमै योगदान दिने योजना सहित निर्देशक दीपेन्द्र गौचन २२ वर्षपछि नेपाली चलचित्र निर्देशनमा फर्किएका छन् । उनी बिगत दुईदशक कम्बोडिया चलचित्र उधोगमा सक्रिया थिएँ । एउटा अन्तराष्ट्रिय परियोजनामार्फत त्यहाँको चलचित्र उधोगमा निर्देशकको रुपमा जोडिएर दिपेन्द्र सन २००२ मा कम्बोडिया गएका थिए । यो दुई दशकमा कम्बोडियाको चलचित्र उधोगमा उल्लेख्य योगदान दिएपछि आफु यतिबेला नेपाल फर्किएको दीपेन्द्रले बताएका छन् ।

गत वर्ष नेपाल फर्केर उनले आफ्नो निर्देशनमा नयाँ चलचित्र ‘मिसिङ ः केटी हराएको सूचना’ आफ्नो निर्देशनमा तयार गरेका छन् । यो चलचित्रको उनी निर्माता पनि हुन् । यही ३० कात्तिकबाट नेपालमा रिलिज हुने चलचित्र मिसिङ ः केटी हराएको सूचनाप्रति निर्देशक दीपेन्द्र निकै आशाबादी छन् ।

तीन दशक अघि बलामी समुदायको बाल विवाहमा आधारित बृत्तचित्र ‘उजेली’ निर्माण निर्देशन गरेर उनी अन्तराष्ट्रिय चलचित्रबृत्तमै लोकप्रिय भएका थिए । यो चलचित्रले थुप्रै अन्तराष्ट्रिय चलचित्र महोत्सबहरुमा उत्कृष्ट चलचित्र र निर्देशनको अवार्ड जितेको थियो ।यसपछि मुनिम लगायत केही कार्टुन चलचित्रमा काम गरेपछि उनी कम्बोडिया गएका हुन् । यसै विषयमा निर्देशक दीपेन्द्र गौचनले भने,‘३२ वर्ष अघि मैले बनाएको चलचित्र उजेलीमार्फत यहाँहरुले मलाई सम्झिरहनु भएको छ । अबको ३२ वर्षपछि पनि यसरी नै सम्झिनु होला भनेर अर्को चलचित्र मिसिङ ः केटी हराएको सूचना अहिले निर्माण गरेको हुँ ।’

लामो समय कम्बोडिया बसेर त्यहाँ काम गरेको अनुभव अब नेपाली चलचित्र उधोगमा प्रयोग गर्ने चाहना यी निर्देशकले व्यक्त गरेका छन् । यतिबेला मिसिङ ः केटी हराएको सूचना बनाएका दीपेन्द्रले यसपछि आफ्नो टिमले लगातार चारवटा चलचित्र ल्याउने तयारी गरिरहेको पनि बताएका छन् । दोश्रो चलचित्रमा उनले तीन युवालाई आफुसँगै निर्देशनमा उतार्दैछन् ।

कम्बोडियाबाट नेपाल फर्केपछि आफुले नेपालमा अहिले निर्माण भईरहेको चलचित्रको ’bout अध्ययन गरेका यी निर्देशकको कथन छ,‘सोही क्रममा थुप्रै यहाँका चलचित्रका साथीहरुसँग भेट भयो । यस्तै भेटमा यतै केही राम्रा चलचित्रहरु निर्माण गरौंन भनेर नकिम उद्धिनज्यूले प्रस्ताव राख्नु भएपछि म फेरी नेपाली चलचित्र निर्देशनमा फर्किएको हुँ ।’ दीपेन्द्रले राजधानीसँग भने,‘नेपालमा अहिले बनिरहेको चलचित्र जस्तो बनाएर त अर्थ थिएन । त्यसैले दर्शकलाई केही नयाँ होस भनेर हामीले यो एउटा फरक चलचित्र बनाएका छौं ।’

चलचित्र मिसिङ ः केटी हराएको सूचनाको कथा अलिक अनौठो रहेको पनि निर्देशक दीपेन्द्रले दाबी गरे । हुन त गत वर्ष रिलिज भएको बलिउड चलचित्र ‘लापता लेडिज’सँग यो चलचित्रको अवधारणा मिलेको त हैन भन्ने प्रश्नमा निर्देशक दीपेन्द्रले भने,‘त्यो चलचित्र निर्माण हुँदा हामी पनि छायाँकनमा जाँदै थियौं । त्यसैले त्यो चलचित्रसँग हाम्रो केही पनि मिल्दैन ।’ हराएको प्रसँगमा शिर्षक मात्र मिलेको पनि उनले प्रष्ट्याए ।

यो चलचित्रमा नाजिर हुसेन र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् । चलचित्रमा उनीहरुको भूमिका’bout निर्देशक दीपेन्द्रले भने,‘थुप्रै कलाकारलाई हेर्ने क्रममा हामीले यो चलचित्रमा नाजिर र सृष्टीलाई लिएका हौं । चलचित्रमा ९५ प्रतिसत दृष्यमा यी दुई कलाकारलाई दर्शकले देख्न पाउनु हुनेछ ।’

यो चलचित्रको लागि आफुलाई सबैभन्दा ठुलो चुनौती नै कास्टिङमा भएको पनि यी निर्देशकले बताए,‘मैले जस्तो सोचेको थिएँ, सृष्टी र नाजिरले त्यस्तै राम्रो काम यसमा गर्नु भएको छ ।’ निर्देशक दीपेन्द्रले भने,‘ यसरी चलचित्रमा ९५ प्रतिसत दृष्यमा तपाईंहरुले नाजिर र सृष्टीलाई मात्र देख्नु हुनेछ । यी दुई कलाकारले दर्शकलाई होल्ड गर्ने छन भन्ने मेरो विश्वास छ ।’ चलचित्रको कथा सरल र सहज भएको पनि उनले बताए ।

यो चलचित्रमा उनले कलाकारको अभिनय हेर्न आउन दर्शकलाई अनुरोध गरेका छन् । चलचित्रको कथालाई कलाकारको अभिनयले कसरी बोक्छ भन्ने कुरा मिसिङ ः केटी हराएको सूचनाले देखाएको पनि यी निर्देशकले जिकिर गरेका छन् । यसको कथा केही फरक भएकाले कथा नखुलोस भनेर चलचित्रको ट्रेलर विज्ञापन शैलीमा बनाएको पनि निर्देशक दीपेन्द्र गौचनले प्रस्ट्याएका छन्,‘हामीले दुईवटा टिजर बनाएपछि बाँकी ट्रेलरमा देखाउँदा चलचित्रको कथा खुल्ने भयो । त्यसैले केही फरक होस भनेर बिज्ञापन तथा रोचक शैलीमा ट्रेलर बनाएका हौं ।’ अहिले ट्रेलरको पनि रमाईलो प्रतिक्रियाहरु आईरहेको पनि उनले बताए ।

दीपेन्द्रका अनुसार यो चलचित्रको उदेश्य मधेस र पहाडलाई जोड्नु पनि हो । त्यसैले चलचित्रमा पहाडे युवती सृष्टी र मधेसी युवा नाजिरबीचको प्रेमसम्बन्धलाई यसमा प्रस्तुत गरिएको पनि यी निर्देशकले बताएका छन् । चलचित्रले मधेसी पहाडी बीचको सदभावलाई अझ बलियो बनाउने विश्वास पनि उनले लिएका छन् । चलचित्रमा काठमाडौंदेखि मधेश (जनकपुर, महोत्तरी)सम्मको यात्रामा अँकुरित भएका प्रेमका आरोह अवरोहनै चलचित्रको कथा भएको पनि दीपेन्द्रको कथन छ । चलचित्र हरेर सकरात्मक र नकरात्म दुबै कुरा आफुलाई औल्याईदिन पनि उनले दर्शकलाई अनुरोध गरेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

अख्तियारसम्बन्धी बिल अलपत्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी