लकडाउनको भरपुर सदुपयोग गर्दै रिपुमर्दिनी परिवार

काठमाडाैं । विश्वव्यापी रुपमा फैलिएको …कोभिड १९’ महामारीले निम्त्याएको विषम परिस्थितीमा मुलुकमा चैत्र ११ गतेदेखी जारी लकडाउनसंगै आम मानिसको जनजीवनमा गम्भिर समस्या सिर्जना भएको सबैमा विदितै छ ।

लकडाउनको यस प्रतिकुल घडीलाई मध्यनजर गर्दै काठमाडौको बाँसबारीमा अवस्थित रिपुमर्दिनी सैनिक माबिले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुको सक्रियतामा निम्न किसिमका शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

१) लकडाउनको अवस्थामा विद्यार्थीहरुको अध्ययनप्रतिको रुचीलाई मध्यनजर गर्दै यस विद्यालयमा (कक्षा १०) एसइई तयारी गरिरहेका विद्यार्थीहरु र कक्षा ११/१२ का एनइबीको परिक्षा तयारी गरिरहेका विद्यार्थीहरुलाई चैत्र २४ गतेदेखी (डिस्ट्यान्स लर्निङ प्रोग्राम) दैनिक दुर शिक्षा कार्यक्रम अन्तरर्गत विषय शिक्षकद्धारा जुम भिडियो कन्फ्रेन्समार्फत अनलाईन कक्षाहरु सञ्चालन भइरहेको छ ।

२) शैक्षिक सत्रको अन्त्य भएकै बेला ‘कोभिड १९’को महामारी सुरु भएकाले प्राय विद्यार्थीहरु उपत्यका बाहिर (गाउँ) मा पुगेका छन् । गाउँ काठमाडौ जस्तै प्रविधिले सुविधा सम्पन्न नभएपनि जीवनोपयोगी कार्यक्रममा सहभागी हुने अवसर पाएका छन् ।

जस्तो, अहिले गाउँघरमा खेतीपातीको सिजन सुरु भएको छ ।  बारीमा मोल बोक्ने, मकै रोप्ने, बाख्रा पाठालाई घाँस काट्नेलगायतका धेरै कार्यक्रममा बालबालिकाहरु अभिभावकसंगै सहभागी हुने अवसर पाएका छन् ।

यो मौसममा गाउँमा स्वास्थ्य पवद्र्धक स्थानीय फल (तीदु , काफल र ऐँसेलु, केरा, मेवा) खान पाइन्छ । गाउँघरमा यस्ता फलफूल जंगलमा पुगेर आफैंले टिपेर खाने चलन भएकाले अहिले बालवालिकाहरुले आफैं नजिकको जंगलमा जाने फल टिपेर खानेलगायत प्रकृतिसँग नजिकिने अवसर पाएका छन् ।

प्रकृतिसंग नजिकिएसंगै बालबालिकाले कतिपय मौलिक, परम्परागत, साँस्कृतिक एवं स्थानिय रहन सहन’bout साक्षात्कार हुने अवसर पाएका छन् ।

‘कोभिड १९’ ’bout गाउँघरका स्थानियलाई पूर्ण जानकारी नभएको अवस्थामा बालबालिकाले यसवाट कसरि जोगिने भन्दै आफ्ना अभिभावकलाई सचेत गराएका छन् । संगै कतिपय बालबालिका प्रविधिसंग अभ्यस्त समेत भएकाले प्रविधिको उपयोग गर्दै खान खानु अघि हात धुनुको फाइदा, होमक्वारेन्टाईनमा बस्दाका उपलब्धि जस्ता प्रसंगहरु पनि सम्झाउने बुझाउने गरेका छन् ।

काठमाडौमा हुँदा प्राय जंक फुड (बिस्कुट, चाउचाउ, चाउमिन आदी)मा  रमाउने बालबालिका अहिले गाउँघरमा पाईने स्थानिय परिकार (ढिंडो, सातु, मकै, कोदो/गहुँको रोटी) खान समेत अभ्यस्त भएका छन् । यी परिकारले उनीहरुको स्वस्थ्य स्थितीमा सकारात्मक परिवर्तन देखिएको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको रुची र क्षमता अनुसार लकडाउनका समयमा विद्यार्थीहरुले गरेका यावत  क्रियाकलापलाई अतिरिक्त क्रियाकलाप विभाग प्रमुख उज्वल खनालको सक्रियतामा विद्यालयको फेशबुकपेज मार्फत सार्वजनिक गर्ने गरिएको छ ।

३) चैत २१ र २२ गते विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरुलाई विभागिय प्रमुखहरुवाट नयाँ शैक्षिक सत्रका लागि वार्षिक कार्ययोजना, पाठ योजना तथा आवश्यक तालिमको वारेमा सल्लाह सुझाब तथा निर्देशन भएको छ ।

४) वैशाख ८ गतेदेखि कक्षा १ देखि ९ सम्म अध्ययनरत सम्पूर्ण विद्यार्थीहरुलाई जुम भिडियो कन्फ्रेन्स मार्फत अनलाईन कक्षाहरु सञ्चालनमा आईरहेको छ ।

विद्यालयले अनलाइन प्रणालीबाट कक्षा सञ्चालन गरेपछि अभिभावक समेत खुसी भएका छन् । कक्षा ३ मा अध्ययनरत दिपेशजंग पालका अभिभावक दानबहादुर पालले विद्यार्थीको समग्र गतिविधिलाइ विद्यालयले फेशबुकपेज मार्फत सार्वजनिक गरेकेमा खुसी व्यक्त गरे । अभिभावकको व्यापक समर्थन र सहयोग पाएकोमा विद्यालयका प्रिन्सिपल लालबहादुर रानाले सन्तुष्टि व्यक्त गरे ।

त्यसो त विद्यार्थीको सिकाइमा भरपुर सहयोग गर्ने शिक्षक कर्मचारीहरुलाई जुनसुकै अवस्थामा सहयोग गर्न नेपाली सेना एवं विद्यालय तयार रहेको विद्यालयका सम्पर्क अधिकृत विनोद चौलागाईले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 374 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

पत्रकार संघको संयोजकमा वर्मा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपा गाउँपालिकामा एमाले विजयी