हेटौंडाको वडा १२ मा अध्यक्षको लागि त्रिपक्षिय भिड्न्त

मकवानपुर । आगामी मंशिर १६ गते स्थानीय तहमा रिक्त रहेका ४४ पदको उपनिर्वाचन हुदैंछ । गत स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडाध्यक्ष पदमा उपनिर्वाचन हुँदैछ ।

उप निर्वाचन २०८१

वडा अध्यक्षमा विजयी लतिल बहादुर घलान जिल्ला समन्वय समिति मकवानपुरको प्रमुखमा निर्वाचित भएपछि उक्त पद रिक्त भएको थियो । पद रिक्त भएको स्थानका लागि निर्वाचन आयोगले उपनिर्वाचन गराउने भएको हो । आगामी मङ्सिर १६ गते विभिन्न कारणले रिक्त रहेका जिल्ला समन्वय समिति प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ ।

रिक्त रहेका ४४ पदका लागि हुने उपनिर्वाचन मध्येको एक स्थान हेटौँडा नगरपालिका १२ नम्बर वडा हो । मकवानपुर जिल्लाको उक्त एक स्थानको लागि मात्र निर्वाचन हुने भएकाले जिल्लामा क्रियाशील राजनैतिक दलहरु कसरी स्थान सुरक्षित गर्न सकिन्छ भन्ने रणनीति र उम्मेदवार छनौटमा लागेका छन् ।

माओवादीलाई गुमेको वडा अध्यक्ष पद फिर्ता गर्ने चुुनौती छ भने एमाले र काँग्रेसलाई एक स्थान थप्ने चुनौती रहेको छ । अन्य साना दलहरुले पनि निर्वाचनको तयारीमा जुटिरहेका छन् । जसले गर्दा उपनिर्वाचन रोचक हुने देखिन्छ । एमाले, काग्रेंस र माओवादी वीचमै त्रिपक्षिय भिडन्न हुने देखिन्छ । अहिले तीन वटै दलले उम्मेदवारको अन्तिम टुड्डो लगाइ सकेको छ ।

माओवादीले रविन प्रधानलाई वडा अध्यक्षको उम्मेदवार बनाउने सर्वसहमत निर्णय रहेको छ । अन्यको आकाक्षा भए पनि प्रधानको नाममा सहमती जुुटेपछि माओवादी चुनावी तयारीमा लागिसकेको छ । यस्तै एमालेले पनि राजेश नगरकोटीलाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । भने नेपाली काँग्रेसले अजुर्न तिवारीलाई उम्मेदवार बनाएको छ । गतस्थानीय तहको निर्वाचनमा पनि उम्मेदवार रहेका नगरकोटी यसपटक पनि सर्वसहमत उम्मेदवार छनौट भएका हुन् । गतनिर्वाचनमा नगरकोटीले तेस्रो स्थान हासिल गरेका थिए । एमालेले नगरकोटीलाई विजयी बनाउन १२ नम्बर केन्द्रीत भएको छ ।

हेटौडा १२ नम्बर यो निर्वाचनले मकवानपुरमा दलहरुको पछिल्लो अवस्थालाई पनि चित्रण गर्ने भएकाले विशेष रुपमा हेरिएको छ । राष्ट्रिय राजनीतिमा उपनिर्वाचनमा चुनावी तालमेल वा सहकार्य गर्ने विष्यमा कुनै निर्णय भएको छैन । सवै राष्ट्रिय पार्टीले एक्ला एक्लै चुनावी प्रतिष्पर्धा गर्ने भएका छन् । यसले समेत मकवानपुरको निर्वाचनमा दलहरुबीच चुनावी तालमेल वा सहकार्य हुने देखिदैन् ।

२०७४ सालको निर्वाचनमा वडा अध्यक्ष पदमा नेकपा माओवादी केन्द्रका ललित घलानले सहज विजयी हासिल गरेको हेटौडा १२ मा २०७९ को स्थानीय तह निर्वाचनमा चुनावी गठवन्धन हुँदा समेत मुस्किलले घलानले साख जोगाएका थिए । उपमहानगरपालिकाको १९ वटा वडामा नेकपा माओवादी केन्द्रले त्यही १ वडामा अध्यक्षमा जितेको थियो । उपनिर्वाचनबाट उक्त पद जोगाउन नसके माओवादीको उपमहानगरपालिकामा उपस्थिति शुन्य हुनेछ ।

नेकपा एमाले एमालेको कार्यपालिका र नगर सभामा बहुमत सदस्य रहेको छ । यस्तो अवस्थामा एमाले जसरी पनि जित हासिल गर्ने दाउमा रहेको छ । उसलाई गठवन्धन नहुँदा आफ्नो उम्मेदवारले जित्नेमा विश्वास छ । त्यसो त काँग्रेस पनि त्यही दाउमा छ । एमालेले एकछत्र राज गरेको नगरमा काँग्रेसले २०७९ निर्वाचनबाट उपप्रमुखसहित ७ वडाको अध्यक्षमा जितेको थियो । थप एउटा अध्यक्ष थप गर्ने दाउमा काँग्रेसले रणनीति बनाउने देखिन्छ । उम्मेदवार चयनमै सकस रहेको काँग्रेसलाई जितमा धेरै चुनौती देखिन्छ ।

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । सोही अनुसार उम्मेदवारी दर्ता गर्नुपर्नेछ । मङ्सिर २ गते बिहान १ देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छ । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । आयोगका अनुसार २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालिरहेको स्थानीय तहमा रिक्त रहेको पदमा महिला उम्मेदवार रहने गरी मनोनयनपत्र पेस गर्न राजनीतिक दललाई निर्देशन दिइएको छ ।

मङ्सिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मङ्सिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ । मङ्सिर ५ गते बिहानदेखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छभने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मङ्सिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।

यस्तो थियो गतनिर्वाचनको मतपरिणाम
वडा अध्यक्षका लागि नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमाले मुख्य प्रतिष्प्रर्धीका रुपमा देखापरेका छन् । २०७९ सालमा भएको स्थानीय तहको निर्वाचनमा यि तीन पार्टीबीच तीब्र प्रष्तिप्रर्धा भएको थियो । हालसम्म अहिलेको निर्वाचनमा पनि त्यही अवस्था देखिन्छ ।

गतचुनावमा हेटौंडा–१२ माओवादी केन्द्रका ललितबहादुर घलानले १ हजार ३ सय ७१ मत पाएर विजयी भएका थिए । उनका प्रतिस्पर्धी कांग्रेसका अर्जुनप्रसाद तिवारीले १ हजार ३ सय ४० मत पाएका थिए । यस्तै एमालेका राजेश नगरकोटीले १ हजार ३ सय २५ मत पाएका थिए । गतनिर्वाचनमा तीन दलका उम्मेदवारबीचको मतान्तरमा खासै फरक छैन् ।

विजय भएका माओवादीका घलान र दोस्रो भएका काँग्रेसका तिवारी बीच ३१ मतको मात्र फरक थियो । यस्तै विजयी घलान र तेस्रो भएका एमालेका नगरकोटी ४६ मतको अन्तर थियो । दोस्रो भएका तिवारी र नगरकोटीबीच भने १५ मतको मात्र फरक थियो । गतनिर्वाचनमा तीनै दलका उम्मेदवारले पाएको मतलाई हेर्दा चुनावमा कसले बाजी मार्छ अनुमान लगाउन सक्ने अवस्था नरहेको स्थानीय मतदाता बताउँछन् ।

तपाइको प्रतिक्रिया
(Visited 122 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेबाट इटहरी र धरानमा मेयर–उपमेयरको नाम सिफारिस