भान्छा कोठामा सल्किएको आगोले खोटाङमा ११ लाख बढीको क्षति

आगालागीका कारण ध्वस्त बनाएको ऐसेलुखर्क गाउँपालिका–५ दुवेकोलका नेपाल प्रहरीका पूर्व हवल्दार वीरबहादुर गुरुङको घर ।

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिका–५ दुवेकोलमा भान्छाकोठाबाट सल्किएको आगोले एक परिवारको घर र मतान जल्दा ११ लाख चार हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

नेपाल प्रहरीका पूर्व हवल्दार वीरबहादुर गुरुङको घरमा शनिबार दिउँसो खाजा पकाउने क्रममा भान्छाकोठाबाट सल्किएको आगोले ठूलो क्षति पु¥याएको हो । आगलागीमा गुरुङ परिवारको एउटा घर, मतान पूर्णरूपमा जलेर नष्ट भएको छ ।

जिल्ला प्रहरी कार्यालय खोटाङका प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलका अनुसार दिउँसो करिब साढे तीन बजे शुरु भएको आगो स्थानीयबासी र प्रहरीको टोलीले साँझ साढे सात बजेमात्र नियन्त्रणमा लिन सकेका थिए ।

आगलागीमा घरभित्र रहेको दश हजार रुपैयाँ नगद, दुई तोला सुन, लत्ताकपडा, भाँडाकुँडा, कागजपत्र र अन्नपातलगायत सबै सामान जलेर नष्ट भएको छ । फुसको छाना तथा ढुङ्गामाटो र काठ प्रयोग गरेर निर्माण गरिएको घर भएका कारण आगो निभाउन धेरै समय लागेको स्थानीयले बताएका छन् ।

प्रहरीचौकी डुम्रेधारापानीका हवल्दार ओमकुमार राउतका अनुसार आगलागी पीडित गुरुङ परिवार हाल आफ्नै अर्को जस्तापाताको छाना भएको घरमा बसिरहेका छन् । दिउँसोको समयमा आगलागी भएकाले मानव र पशुचौपायालाई भने सुरक्षित गर्न सकिएको प्रहरीले जनाएको छ । घर तथा घरमा भएका सम्पूर्ण बन्दोबस्तीका सामग्री जलेर नष्ट भएपछि गुरुङ परिवार चिन्तित बनेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 64 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सिक्रेटारमा ‘नागरिक साझेदारी स्वास्थ्य विमा कार्यक्रम’ सुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरपालिका २९ वडाको ६४ मत गायब !