पूर्णबहादुरको सारंगी बिहान ४ः४५ देखि राती २ः२० सम्म हलमा प्रदर्शन

काठमाडौं । चितवन स्थित पर्साको म्याङ्गो जनज्योती हलमा शनिबार बिहान ४ः४५ बजे आँखा मिच्दै दर्शकहरु चलचित्र पूर्णबहादुरको सारँगी हेर्न आए । यति बिहानै पनि हलमा दुई तिहाई दर्शक आएको हल सञ्चलक शिब उप्रेतीले बताएका छन् ।

उप्रेतीको अनुसार एकल पर्दाको शो हलमा लक्ष्मीपुजाको दिनदेखि नै बिहान ६ः३० बाट बेलुका ९ः१५ सम्म शो राखिएको थियो । तर यी ६ वटै शोको टिकट शुक्रबार नै बिक्री भईसकेको र दर्शकबाट थप शो राख्न माग आएपछि शनिबार बिहान ४ः४५ र बेलुका ११ः५५ को शो थप्नु परेको उप्रेतीले बताएका छन् ।

यसरी शनिबार बिहान ४ः४५ बाट सुरु भएको हलमा ८ वटा शोसम्म पूर्णबहादुरको सारँगी प्रदर्शन भएको छ । अन्तिम आठौं शो सकिँदा २ः२० बज्ने गरेको तर पनि दर्शकले टिकट नपाएको गुनासो आएको हल सञ्चालक उप्रेतीले बताएका छन् । यसरी बिहान ४ः४५ बाट राती २ः२०सम्म करिब २२ घन्टा हल चलाउनु पर्दा कर्मचारी थप गरेर तीन सिफ्टमा राख्नु परेको उनले बताएका छन् ।

बिगतमा बिहानको शो ८ बजेबाट सञ्चालन गर्दै आएको दाङको भिएफएक्स सिनेमा घरले पूर्णबहादुरको सारँगीमा दर्शकको उछाल बढेपछि शनिबार बिहान ५ः३० बाट शो सुरु ग¥यो । शनिबार बिहानदेखि दिनभरीको सबै शोको टिकट अग्रिम रुपमा बिक्री भएपछि सो हलमा राती १०ः३० बजेको शो पनि थप्नु परेको हल सञ्चालक पक्षले जनाएको छ ।

चलचित्र पूर्णबहादुरको सारँगीमा दर्शकको चाप दोश्रो हप्तमा झनै बढेपछि देशभरीका हलमा धमाधम शोहरु थपिँदैछन् । शनिबार मात्र मुलुकभरका हलमा चलचित्र पूर्णबहादुरको सारँगीको ४६० भन्दा बढी शो बुक भएको यसको वितरक संस्था रिच इन्टरटेनमेन्टका अध्यक्ष करण श्रेष्ठले बताएका छन् । करणका अुनसार एक दिनमा यति धेरै शो बिगतमा कुनै पनि नेपाली चलचित्रले पाएको थिएन ।

वितरक करणका अनुसार मोफसलमात्र हैन, काठमाडौंमा पनि दर्शकको अत्याधिक चाप बढेपछि बिहान देखि रातीसम्मको शो थप्नु परेको छ । काठमाडौंको क्युएफएक्स चेन हलहरुले बिगतमा बिहान ८ः३० को शो राख्दै आएकोमा दर्शकको माग बढेपछि शनिबार सबै हलमा बिहान ६ बजेको शो पनि थपेको छ । यस्तै राती ११ बजेको शो समेत क्युफएफएक्सले थप गरेको छ ।

केबल क्युएफएक्स मात्र हैन, काठमाडौं र मोफसलका धेरै चलचित्र घरहरुले बिहानको शो ६ बजे तथा ६ः३० बजेको रुपमा थपेका छन् । बेलुका शो पनि १० बजे तथा ११ बजे थप गरेका छन् । यसरी बिहान ६ बजेबाट सुरु भएको शोहरु देश भरका हलमा राती १२ः३० देखि २ः२० बजेभित्र सकिने गरेको पनि वितरक करणको भनाई छ,‘दशैमा तीनवटा नेपाली चलचित्रले बिहानदेखि रातीसम्म हलमा दर्शकको घुईचो हुन्थ्यो । तिहारबाट पूर्णबहादुरको सारँगीका कारण एका बिहानैदेखि मध्यरातसकिँदा पनि हलमा दर्शकको भिडभाड देख्न पाईएको छ ।’ करणले भने,‘यसरी यो चलचित्रमा दोश्रो सातामा झनै दर्शक बढेपछि मैले वितरणको जिम्मा लिएको अर्को चलचित्र मिसिङ ः केटी हराएको सूचनाको यही ३० कात्तिकको रिलिजलाई स्थगित गर्नु परेको छ ।’

वितरक करणका अनुसार चलचित्र पूर्णबहादुरको सारंगीले प्रदर्शन भएको सात दिन अर्थत बुधबारसम्म मुलुकका ९० वटा चलचित्र घरबाट ८ करोड २५ लाख रुपैयाँको ग्रस व्यापार गरेको छ । शुक्रबारबाट यो चलचित्रले मुलुकका ९८ हलमा ४३० शो पाएको थियो भने शनिबार यो शो सँख्या बढेर ४६५ पुगेको छ । वितरक देखि हल सञ्चालकसम्मले यसलाई नेपाली चलचित्रको नयाँ रेकर्ड भनेका छन् । जबकी यस अघि सबैभन्दा बढी शो गत १७ असोज घटस्थापनाको दिन रिलिज हुँदा चलचित्र ‘बेहुली फ्रम मेघौली’ले पहिलो दिन ३ सय ४० शो प्राप्त गरेर नेपालमा सबैभन्दा बढी शो पाउने नेपाली चलचित्रको रेकर्ड बनाएको थियो ।

तिहारको विदा, छटको विदा र शनिबारको विदाका कारण चलचित्रको व्यापार उच्च गतिमा भईरहेको यो चलचित्रको निर्माण कम्पनी सेभेन सिजले जनाएको छ । शनिबार मात्रै मुलुकभरबाट पूर्णबहादुुरको सारंगीको व्यापार दुई करोड नाघ्ने पनि निर्माण कम्पनीको अनुमान रहेको छ । चलचित्र टिकटको बढ्दो माग र व्यापारको अबस्था हेर्दा दोश्रो साता सकिँदा यो चलचित्रले करिब २० करोडको ग्रस व्यापार गर्ने अनुमान निर्माण र वितरक पक्षको रहेको छ ।

यो चलचित्रलाई सरोज पौडेलले निर्देशन गरेका हुन् भने महेश दवाडीले लेखेका हुन् । यसमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको व्यानरमा निर्मित यो चलचित्रलाई विनोद पौडेल, प्याट्रिक सुवेदीले निर्माण तथा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकालले कार्यकारी निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चैनपुरे करुवा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोग भन्यो : मनोनयन फिर्ता गराउन धम्की नदेउ