काठमाडौं । पूर्वमन्त्री प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले आउदो १ मंसिरमा एकै दिन काठमाडौंमा विरोध प्रदर्शनका साथै मधेसमा भ्रष्टाचार बिरोधी विशेष जागरण अभियान सुरु गर्दैछ ।
मुलुकमा बढदै गईरहेको भ्रष्टाचार, अनियमितता, कुशासनका साथै सरकारको अनावश्यक कर एवं महंगी विरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । सोही बिषयलाई लिएर आजपाले काठमाडौंमा विरोध प्रदर्शन गर्नुका साथै मधेस प्रदेशमा विशेष जागरण अभियान सञ्चालन गर्न लागेको हो ।
आजपाका वरिष्ठ उपाध्यक्ष तिलक थापामगरले सरकार कुम्भकरण जस्तै सुतिरहेको अवस्थामा आम जनताको समस्याको ’boutमा जानकारी गराउनका लागि पार्टीले काठमाडौं सहित मधेसमा एकै दिन विरोध प्रदर्शनका साथै विशेष अभियान सञ्चालन गर्न लागेको बताए ।
‘सरकारलाई आम जनताको समस्या, चाहना के हो भन्ने ’boutमा कनै चासो देखिएन् । कुम्भकरण जस्तो सुतेको सरकारलाई आम जनताको समस्या र सरकारको मनपरी कार्यशैलीका विरोधमा अब जनता सडकमा आउँन बाध्य भएका छन्’ आजपा वरिष्ठ उपाध्यक्ष थापाले भने, ‘मुलुकमा भ्रष्टाचार बढदै गईरहेको छ, कुशासन, अनियमितता बढदैछ । सोझासाझा जनतामाथि अनावश्यक करमाथि कर थुपार्ने काम सरकारले गरेको छ । यस्तो अवस्थामा सरकारलाई सचेत गराउन सडक संघर्षको बिकल्प नै भएन् ।’
आईतबार काठमाडौं स्थित आजपाको केन्द्रीय कार्यालयमा बसेको पार्टीको काठमाडौं उपत्यका बिशेष कमिटीको बैठकले देशको अर्थतन्त्र बचाउन यही १ मंसिरमा “सरकारको अनावश्यक कर हटाउ, देशको व्यापार ब्यवसाय बचाउ” भन्ने मुल नाराका साथ विरोध प्रदर्शन गर्ने निर्णय गरेको छ ।
काठमाडौंको शान्तिवाटिकामा बृहत् प्रदर्शन गर्ने निर्णय गरेको आजपाले सरकार पिच्छे सरकारको अनावश्यक करले देशको व्यापार ब्यवसाय बर्वाद भईरहेको, देशको अर्थतन्त्र बचाउन युवाहरु उठन आवश्यक रहेको आजपा सचिव नारायण पाण्डेले जनाकारी दिए ।
‘हामीले मंसिर १ गते काठमाडौंको शान्तिवाटिमा बृहत विरोध प्रदर्शन गर्ने निर्णय गरेका छौं । सरकारको मनपरी करमाथिको कर हटाउनुपर्ने, युवालाई रोजगार दिनुपर्ने, भ्रष्टाचार, कुशासन, अनियमितता लगायतको विरोधमा हामी शान्तिपूर्ण प्रदर्शन गर्न लागेको हो’ आजपा सचिव पाण्डेले भने ।
यस्तै छठपर्व अघि वीरगंजमा बसेको आजपाको प्रदेश कमिटीको पदाधिकारी बैठकले भ्रष्टाचारको विरोधमा मधेसमा विशेष जागरण अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो । आजपा मधेस प्रदेशका प्रवक्ता एवं केन्द्रीय सदस्य डा. हेमप्रसाद साहले यो अभियान मधेस प्रदेशका आठवटै जिल्लामा हुने बताए ।
मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सञ्चालन हुने जागरण अभियान एक हप्तासम्म चल्ने उनले बताए । पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह सहित पार्टीका नेताकार्यकर्ताहरुको विशेष सहभागिता अभियानमा हुने प्रवक्ता साहले जनाएका छन् ।
सप्तरीबाट सुरु हुने सो अभियान पर्सामा आएर सम्पन्न हुनेछ । मधेसका प्रमुख शहरहरुमा सभा, प्रदर्शन, बैठक, भेला लगायतका गतिविधि हुने अभियानले पार्टीले पहिलो चोटी गर्न लागेको छ । यस अघि आजपाले काठमाडौं सहित बिभिन्न शहर एवं जिल्लाहरुमा बिशेष प्रदर्शन गर्दै आएको छ । भ्रष्टाचार, अनियमितता, कुशासन, मनपरी कर, महंगी, बेरोजगारी, बैदेशिक रोजगारको ठगी, भन्सारको मनोमानी कर लगायतका बिषयमा आजपाले आवाज उठाउदै आएको छ ।
‘हाम्रो महान तथा गौरवशाली पार्टी आम जनता पार्टी, मधेस प्रदेश कमिटीको विशेष संयोजनमा यही मंसिर १ गतेदेखी देशमा बढदो लुट आतंक, भ्रष्टाचार एवं विभेद विरुद्ध मधेस जागरण अभियान संचालन गर्ने तथा देशमा तीन तहका सरकारहरुले सरकार पिच्छे मनपरी रुपमा कर आतंक खडा गरी आम नेपाली जनतालाई दुख दिईरहेको स्थितीलाई बदल्न एवं देशभर शून्य कर नीतिलाई प्रोत्साहन गर्ने गराउने पुनित उदेश्यका साथ मंसिर १ गते नै उपत्यका विशेष कमिटीको आयोजनामा संघीय राजधानी काठमाडौंमा विशेष प्रदर्शन गर्ने निर्णय समेत गरिएको छ’ आजपा प्रवक्ता चन्द्रभुषण साहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ ।