कालिकोट राडुकाप्रमा जीप दुर्घटना: ६ को मृत्यु, १३ जना घाइते

कालिकोट । कालिकोट जिल्लाको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुदा ६ जनाको घटना स्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा एक ६ वर्षिय बालक सहित ६ जना रहेका छन ।

मृत्यु हुनेमा पिलाँता गाउँपालिका वडा र्न ५ का ५१ वर्षिया पदम बहादुर बमस ६ का पुन्नकला शाही, ५ कि छाया शाही, सोही गाउँपालिका वडा र्न ६ निवासी भद्र रोकाया, ६ उखाडी निवासी गणेश शाही र ६ वर्षिय बालक दमन रोकायाको पहिचान खुलेको प्रहरी चौकी खिनले जनाएको छ ।

क १ ज, ५६ नम्बर को जिप खिनदेखी थिर्पुसम्म आउदै गरेको थियो । दिउसो २ वजेर ३१ मिनेटमा राडुकाप्रे खोलमा दुर्घटना भएको थियो । दुर्घटनामा १३ जना गम्भिर घाइते भएको समेत जनाइएको छ ।

घाइतेको हेलीकप्टर मार्फत उद्धार गरिएको प्रहरी चौकी खिनले जनाएको छ । घाइते हुनेमा बिजय थापा। इश्वर थापा,केशव थापा, डल्ली बिक, आषुसा विक,रिदम शाही, प्रतिक्षा शाही, आषिष रोकाया,भुपेन्द्र रोकाया,दानबहादुर रोकाया, निर्मला रोकाया, जगत रोकायार गाडी चालक हस्त वम गरी जम्मा १३ जना गम्भिर घाइते रहेको जनाएको छ । गाडी सडकदेखी २ सय मिटर तल खसेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

धनुषामा एक महिलाको शब खेतमा, टाउको खोलामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा एमाले विजयी