पिक अप भ्यान दुर्घटनामा ५ जनाको मृत्यु

पोखरा । बागलुङमा पिक अप भ्यान दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा १ जना घाइते छन् ।

जैमिनी नगरपालिका–८ छिस्ती केवईबाट कुस्मिसेरा हुँदै सदरमुकाम बागलुङ बजारतर्फ जाँदै गरेको ग २ च ९२४७ नम्बरको पिक अप भ्यान सोमबार बिहान करिब १० बजेतिर जैमिनी–७, जैदी र छिस्ती सिमाना नजिकै दुर्घटना भएको हो ।

सडकदेखि करिब ५ सय मिटर तल खसेर जिप दुर्घटना भएको जैमिनी नगरपालिका वडा ८ का वडाध्यक्ष विमल श्रीषले जानकारी दिए ।

मृत्यु हुनेमा भ्यान चालक बागलुङ जैमिनी–८ छिस्ती केवइका ४१ वर्षीय महेन्द्र पुन, सोही ठाउँका २० वर्षीया रश्मी श्रीष, ७० वर्षीया नन्दकली पुन, १७ वर्षीय नीरज श्रीष र ७३ वर्षीय कुलप्रसाद श्रीष हुन् । उनीहरु सबैको घटनास्थलमै ज्यान गएको हो ।

कुलप्रसादका ४५ वर्षीय छोरा गंगाबहादुर घाइते भएका छन् । उनको शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको प्राथमिक उपचारका लागि एम्बुलेन्स दुर्घटनास्थल नै पुगेको थियो । उनलाई थप उपचारका लागि पोखरा पठाइएको वडाध्यक्ष विमल श्रीषले जानकारी दिए ।

दुर्घटना के कति कारणले भयो भन्ने खुलेको छैन । कच्ची उक्त सडकमा गाडीको स्टेयरिङ फेल भएर दुर्घटना भएको हुन सक्ने अनुमान छ ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

नेपाल–भारत डीआईजीस्तरीय सीमा बैठक : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण सम्बन्धमा गम्भीर छलफल

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनगढीकाे मेयरमा स्वतन्त्र उम्मेद्वार हमाल १२ हजार भन्दा बढी मत अन्तरले बिजयी