गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री वितरण

स्याङ्जा । स्याङ्जाको क्षेत्र नं. १ को प्रदेश सदस्य निर्वाचन क्षेत्र नं. (क) का विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने भएको छ । शिशुदेखि ७ कक्षासम्मका गरिब तथा जेहेन्दार र कक्षा ८ देखि १० सम्मका सबै विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिने भएको हो ।

गण्डकी प्रदेश शिक्षा, विज्ञान तथा प्रविधि एवं सामाजिक विकास मन्त्रालयका पूर्वमन्त्री मेखलाल श्रेष्ठको सहयोगमा शैक्षिक सामग्री वितरण गरिने छ । शैक्षिक सामग्रीमा तल्लो तहका विद्यार्थीलाई कापी सिसाकलम र माथिल्लो तहका विद्यार्थीलाई कापी र कमल वितरण गरिने भएको छ ।

सो क्षेत्रमा पर्ने २९ वटा वडाका विद्यालयमा अध्ययनरत झण्डै २ हजार भन्दा बढि गरिब तथा जेहेन्दार विद्यार्थीहरुले शैक्षिक सामग्री पाउने छन् । सो क्षेत्रमा पर्ने पुतलीबजार, भीरकोट, वालिङ नगरपालिकाका ३ र ४ वडा, बिरुवा र हरिनाश गाउँपालिका विद्यार्थी शैक्षिक सामाग्री पाउनेमा लाभान्वित हनेछन् ।

राजनीति गर्नेहरुले जहिले नीतिगत र विकास निर्माणका कुरा मात्र गरेर नहुने भन्दै पूर्वमन्त्री श्रेष्ठले भने, “सरकारको शिक्षा क्षेत्र अन्र्तगतको अभियानमा सहयोग पु¥याउनु पनि राजनीतिज्ञको कर्तव्य हो भन्नेठानेर सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री वितरण अभियान चलाएको हो ।” शैक्षिक सामाग्री वितरण सगै सामुदायीक विद्यालयको अवस्था पनि बुझिनेछ पुर्वमन्त्री श्रेष्ठले भने ।

शैक्षिक सामग्री वितरण अभियान स्याङ्जाको पुतलीबजार नगरपालिका १२ पेल्काचौरको मनकामना माध्यामिक विद्यालयबाट शुभारम्भ भएको छ । मनकामना र आसपासका विद्यालयमा अध्ययनरत करिब १ सय ३८ विद्यार्थी मध्ये झण्डै ९० जना गरिब तथा जेहेन्दार विद्यार्थी शैक्षिक सामग्री प्रदान गरिएको छ ।

ग्रामीण बस्तिहरुबाट बसाँईसराई सर्ने क्रममा रित्तिदै गएका गाउँहरुका विद्यालयलाई लक्षित गरेर पूर्वमन्त्रीले शैक्षिक सामग्री विरतण गर्ने जुन अभियान शुरु भएको छ, त्यो अनुकरणीय रहेको नागरिक समाज स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्माले बताए । राजनीति गर्ने सबै दलका नेताहरु सेवामा यसरी नै समर्पित हुने हो भने विद्यार्थीमा शैक्षिक परिवर्तन ल्याउन सकिनेमा शर्माले विश्वास जनाए ।

कार्तिकको अन्तिम हप्ताबाट शुरु भएको अभियान पुष मसान्तसम्म सक्ने गरि तयारी गरिएको पूर्वमन्त्री श्रेष्ठले बताए । उनका अनुसार यस क्षेत्रका विद्यार्थीहरुलाई प्रदान गरिने सम्पूर्ण शैक्षिक सामग्रीको खर्च व्यक्तिगत हुनेछ ।

शैक्षिक सामग्री प्राप्त गरेका गरिब तथा जेहेन्दार विद्यार्थीले खुसि व्यक्त गर्दै सहयोग सानो वा ठूलो होस त्यसले अध्ययनमा सकारात्मक प्रभाब पार्ने बताए ।

उनीहरुका अनुसार नेताहरुले भाषणको सट्टा सानोदेखि ठूलो सहयोग गर्ने हो भने परिवारमा आर्थिक भार कम हुनेछ । गरीब तथा जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण कार्यक्रमले सामुदायीक विद्यालयमा अध्ययन गर्नेको संख्यामा बृद्धि हुने विश्वास अभिभावक, शिक्षकहरुको छ ।

तपाइको प्रतिक्रिया
(Visited 33 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लम्जुङको कारागारमा कैदी र बन्दीबीचको झडप, ३ घाइते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रुपन्देहीको शुद्वोधन गाउँपालिकामा पनि काँग्रेसका उम्मेदवार विजयी